Headline

नयाँ सम्झौता गर्न नमाने पछि अलबाको भविष्य अनिश्चित

Published

on

अष्ट्रियन डिफेन्डर डेभिड अलबाले बायर्न म्युनिखले दिएको नयाँ सम्झौतामा हस्ताक्षर नगर्ने भए पछि उनको भविष्य अनिश्चित देखिएको छ ।

बायर्न म्युनिखका अध्यक्ष हर्बर्ट हेनरले अलबालाई सम्झौता नविकरण गर्न दिएको ३१ अक्टोबर सम्म को म्याद सकिएका कारण सम्झौता फिर्ता लिएको बताएको छ ।

अलबाको बायर्नसँग सम्झौता यही सिजन सकिदै छ । यदी अलबाले क्लब छोड्न चाहेको खण्डमा उनले बायर्नलाई जनवरीको ट्रान्सफर विन्डोमा आफुलाई बेच्न आग्रह गर्न सक्ने प्रवधान रहेको छ ।

अलबालाई सेरी आ को साविक बिजेता टोली युभेन्टसले किन्न सक्ने छ ।

“हामीले अलबालाई उनलाई राम्रो हुने सम्झौता नै पठाएको थियौँ,” हेनरलेले भने ।

“हामीले उनको अजेन्टसँग पनि कुरा गरेका थियौँ र हामीले अक्टोबर ३१ सम्मको लागि म्याद पनि दिएका थियौँ तर हामीलाई यो मिती सम्म पनि कुनै प्रतिकृया नआएका कारण हामीले सम्झौता नगरने निर्णय लिएका छौँ,” उनले थपे ।

बायर्न एकेडेमीका खेलाडी रहेका अलबाले बायर्न म्युनिखका लागि खेल्दै नौँ बुन्डेसलिगा,दुई च्याम्पियन्स लिग, छ जर्मन कप जितेका छन् ।

अलबाले भने यो बिषयमा अहिले सम्म बोलेका छैनन् ।

 

Click to comment

Trending