Headline

‘क्रिष्चियानो इज ब्याक’

Published

on

“क्रिष्चियानो इज ब्याक,” लगतार तीन पटक सम्म कोरोना भाईरसको नतिजा पोजेटिभ देखिएका क्रिष्चियानो रोनाल्डोले कोरोना भाइरसलाई पराजित गर्दै मैदान फर्किए पछि आफू स्वस्थ रहेको घोषणा गर्दै भने उनले भने ।

फ्रान्स विरुद्ध नेसन्स लिग खेले पछि कोरोना भाईरस संक्रमण भएको पुष्टि भएका रोनाल्डोले १९ दिन सम्म भाईरसका कारण धेरै खेलहरु गुमाएका थिए ।

रोनाल्डोले च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनासँग टुरिनमा भएको खेल गुमाए पनि आईतवार भएको स्पेजिया विरुद्धको खेलमा दुई गोल गर्दै आफ्नो खेलमा फर्किएको देखाएका थिए ।

युभेन्टसले स्पेजियालाई ४-१ ले हराउदा रोनाल्डोले दुई गोल गरेका थिए । खेलको ५६ औँ मिनेटमा मैदान छिरेका रोनाल्डोले ५९ औँ मिनेटमा आफ्नो पहिलो गोल गरेका थिए । उनले दोस्रो गोल भने पेनाल्टी मार्फत ७६ औँ मिनेटमा गरेका थिए ।

सेरी आ ले रोनाल्डोको चौँथो कोरोना परीक्षण नेगेटिभ आए पछि उनलाई शुक्रबारनै खेल्ने अनुमती दिएको थियो । रोनाल्डोले पनि आफ्नु फेरी मैदान फर्किन पाउदा निकै खुशी भएको र युभेन्टसको जितमा आफुले योगदान गर्दै जाने बताए ।

“अहिले मलाई कुनै लक्षणहरु देखिएको छैन र म खेल मैदानमा फेरी उत्रिन पाउदा निकै खुशी छु,” खेल पछि अन्तर्वाता दिदै रोनाल्डोले भने ।

“सेरी आ निकै तगडा लिगको अहिलेको अवस्थामा एसी मिलन र लाजियो र नापोली धेरै राम्रो गरिरहेका छन् । हामी पनि परिश्रम गर्दै अगाडि बढ्नु आवश्यक छ,”

उनले थपे,”क्रिष्चियानो इज ब्याक”

 

Click to comment

Trending