Headline

१४ बर्ष पछि ओल्ड ट्राफोर्डमा आर्सनलको पहिलो जित

Published

on

पिएरे एम्रिक औबामुयाङको पेनाल्टीमा गरेको गोल निर्णायक बन्न पुग्दा आर्सनलले १४ बर्ष पछी म्यानचेस्टर युनाइटेडलाई  उसकै घर ओल्ड ट्राफोर्डमा १-० ले हराएको छ  ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा भने आर्सनलले निर्णायक गोल गर्न पुगेको थियो ।

आर्सनलका डिफेन्डर हेक्टर बेल्लेरिनलाई म्यानचेस्टर युनाइटेडका मिड्फिल्डर पाउल पोग्बाले डि बक्स भित्र लडाए पछि आर्सनलले पेनाल्टी पाएको थियो ।

जसलाई ६९ औँ मिनेटमा आर्सनलका कप्तान पिएरे एम्रिक औबामुयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

खेलमा आर्सनलले युनाइटेडको धेरै अक्रामक मुभहरुलाई बिफल बनाएको थियो ।

८५ औँ मिनेटमा युनाइटेडका डोनी भान डि बीकको प्रहार क्रसबारमा लाग्न पुग्दा युनाइटेड खेल बराबरी गर्न चुकेको थियो ।

प्रिमियर लिग अन्तर्गत २००६ मा आर्सनलले अन्तिम पटक ओल्ड ट्राफोर्डमा युनाइटेडलाई २-१ ले हराएको थियो ।

हारसँगै प्रिमियर लिगमा युनाइटेडले घरमा भएको चार खेलमा एक खेलमा पनि जित निकल्न सकेको छैन ।

यस्तै अन्य खेलहरुमा भने साउथह्याम्प्टनले एस्टन भिल्लालाई ४-२ ले हराएको छ भने अर्को खेलमा न्युकासलसँग एवर्टन २-१ ले पराजित भएको छ ।

Click to comment

Trending