IPL

जित्नै पर्ने खेलमा राजस्थानको लज्जास्पद हार, कोलकाता प्ले-अफ नजिक

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को ५४ खेलमा राजस्थान रोयल्स माथि ६० रनको फराकिलो जित दर्ता दर्ता गर्दै कोलकाता नाइट राईडर्स प्ले-अफ नजिक पुगेको छ ।  आजको खेलमा लज्जास्पद हारको सामना गरेको राजस्थान भने अंक तालिकाको पुछारमा रहँदै यस सिजन सकाएको छ ।

आजको खेलमा जित दर्ता गर्दै कोलकाता अंक तालिकाको चौथों स्थानमा उक्लिए पनि प्ले-अफको यात्रा भने तय गरि सकेको छैन । कोलकाताले प्ले-अफमा स्थान बनाउने नबनाउने भन्ने बेंगलोर र दिल्ली अथवा हैदराबाद र मुम्बईको खेलमा निर्भर रहने छ ।

जितका लागि १९२ रनको विशाल लक्ष्य सहित ब्याटिङमा आएको राजस्थानले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १३१ रन मात्र जोड्न सक्यो ।

विशाल लक्ष्य लिएर ब्याटिङमा आएको राजस्थानले सुरुवात देखि नै लगातार रुपमा विकेट गुमाउन पुग्यो । उसका ओपनरद्वय रबिन उथप्पा छ तथा बेन स्टोक्स १८ रन बनाएर आउट भए भने कप्तान स्टिभ स्मिथ, सन्जु सामसन एक तथा रियान पराग क्रमश चार, एक र शुन्य रनमा पेभेलियन फर्किदा राजस्थान पाँचौं ओभरमा ३७ रनमा पाँच विकेटको स्थितीमा खुम्चिन पुग्यो ।

पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका जस बटलर र सातौं नम्बरमा ब्याटिङ गर्न आएका राहुल टेवाटियाले क्रमश ३५ रन ३१ रन जोड्दै राजस्थानको पारी सम्हाल्ने प्रयास गरे पनि उनीहरुको विकेटको पतन पछि राजस्थान हार तर्फ उन्मुख भयो । त्यस्तै श्रेयस गोपाल २३ रनमा अविजित रहे ।

कोलकातालाई जित दिलाउने क्रममा प्याट कमिन्सले सर्वाधिक चार विकेट लिए भने वरुण चक्रवर्ती र र शिबम मावीले पनि आफ्नो नाममा दुई-दुई विकेट दर्ता गराए । किफायती बलिङ गरेका मावीले चार ओभरमा मात्र १५ रन खर्चिए भने वरुणले चार ओभरमा नै २० रन मात्र दिए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १९१ रनको विशाल योगफल जोड्यो ।

कोलकाताले सुरुवात भने राम्रो गर्न सकेन । उसको ओपनर नितिश राना पहिलो ओभरको दोश्रो बलमा नै गोल्डेन डक आउट हुन पुगे । त्यस पछि अर्का ओपनर शुबमन गिल र राहुल त्रिपाठीले दोश्रो विकेटका लागि ७२ रन जोड्दै कोलकाताको पारी सम्हाले । तर गिल ३६ रन, सुनिल नारायण र दिनेश कार्तिक शुन्य रनमा तथा त्रिपाठी ३९ रन बनाएर आउट हुँदा कोलकाता ९९ रनमा पाँच विकेटको स्थितीमा खुम्चिन पुग्यो ।

त्यस पछि कप्तान ओइन मोर्गनले बिस्फोटक पारी खेल्दै कोलकातालाई विशाल स्कोर सम्म पुर्याए । अविजित रहेका मोर्गनले ३५ बल खेल्दै पाँच चौका र छ छक्काको मद्धतमा सर्वाधिक ६८ रनको पारी खेले । मोर्गन बाहेक आन्द्रे रसेलले ११ बलमा २५ रन तथा प्याट कमिन्सले पनि १५ रनको योगदान दिए ।

राजस्थानका राहुल टेवाटियाले सर्वाधिक तीन तथा कार्तिक त्यागीले दुई विकेट हात पारे ।

यस अघि भएको पहिलो लेगमा कोलकाताले राजस्थानलाई ३७ रनले पराजित गरेको थियो । जितका लागि कोलकाताले दिएको १७५ रनको लक्ष्य सहित ब्याटिङमा आएको राजस्थानले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १३७ रन मात्र बनाउन सक्यो ।

Click to comment

Trending