Headline

कोरोना संक्रमण पछि फर्किएको पहिलो खेलमै रोनाल्डोको दुई गोल

Published

on

लगतार तीन पटक कोरोना भाईरसको संक्रमण देखिदै १९ दिन मैदान बहिर बसेका क्रिष्चियानो रोनाल्डोले कोरोना भाईरस पछिको आफ्नो पहिलो खेलमै दुई गोल गरेका छन् ।

सेरी आ अन्तर्गत भएको खेलमा स्पेजियालाई युभेन्टसले ४-१ ले हराएको थियो । युभेन्टसका लागि अल्भारो मोरटा र एड्रिअन राबोइटले एक-एक गोल गरेका थिए भने ५६ औँ मिनेटमा मैदान छिरेका रोनाल्डोले दुई गोल गरेका थिए ।

युभेन्टसका लागि खेलको १४ औँ मिनेटमा पहिलो गोल अल्भारो मोराटाले गरेका थिए तर ३२ औँ मिनेटमा भने स्पेजियाले बराबरी गोल फर्काएको थियो । स्पेजियाका लागि टोमासो पोबेगाले गोल गर्दै पहिलो हाफ १-१ को बराबरीमा सकाएको थियो ।

दोस्रो हाफमा भने युभेन्टसले तीन गोल थपेको थियो । ६७ औँ मिनेटमा एड्रिअन राबोइटले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

त्यस पछि रोनाल्डोले ५९ औँ र ७६ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई खेलमा ४-१ को जित दिलाएका थिए ।

जितसँगै युभेन्टस दोस्रो स्थानमा उक्लिएको छ ।

Click to comment

Trending