अन्तर्राष्ट्रिय

पाकिस्तानलाई एक खेल अगावै जिम्बाब्वे विरुद्धको एकदिवसीय शृंखला 

Published

on

इफ्तिखर अहमदले घातक बलिङ तथा कप्तान बाबर अजामको अविजित अर्धशतकसँगै घरेलु टोली पाकिस्तानले दोश्रो एकदिवसीय खेलमा जिम्बाब्वेलाई छ विकेटले पराजित गर्दै एक खेल अगावै शृंखला माथि कब्जा जमाएको छ ।

आजको जित पछि पाकिस्तानले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । शुक्रबार भएको पहिलो खेलमा पाकिस्तानले जिम्बाब्वेलाई २६ रनले पराजित गरेको थियो ।

जितका लागि २०७ रनको मध्यम लक्ष्य लिएर ब्याटिङमा आएको पाकिस्तानले ३५ दशमलब दुई ओभर खेल्दै चार विकेटको नोक्सानीमा जित हात पारेको हो ।

पाकिस्तानको जितमा कप्तान बाबर अजामले सर्वाधिक ७७ रन बनाए । अविजित रहेका उनले ७४ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे । अजाम बाहेक ओपनर इमाम-उल-हकले ४९ हैदर अली २९, अबिद अली २२ तथा मोहम्मद रिज्वान एक रनमा आउट भए भने इफ्तिखर अहमदले पनि अविजित १६ रनको पारी खेले ।

यस अघि रावलपिन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ४५ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर २०६ रन मात्र बनाउन सकेको हो ।

जिम्बाब्वेलाई सानो योगफलमा समेट्ने क्रममा इफ्तिखर अहमदले सर्वाधिक पाँच विकेट लिए भने मुहम्मद मुसाले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए । १० ओभर बलिङ गरेका अहमदले दुई मेडन सहित ४० रन मात्र खर्चिए । अघिल्लो खेलमा पाँच विकेट हात पारेका शाहिन शाह अफ्रिदीले आज विकेट बिहिन रहन गए पनि किफायती बलिङ गर्दै १० ओभरमा ३६ रन मात्र खर्चिए ।

जिम्बाब्वेका सिन विलियम्सले सर्वाधिक ७५ रन बनाए ।  ७० बलको सामना गरका उनले १० चौका र एक छक्का प्रहार गरे । विलियम्स बाहेक अघिल्लो खेलमा शतक प्रहार गरेका ब्रेन्डन टेलरले ३६ तथा ओपनर ब्रायन चरीले  २५ रन बनाए भने अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा जिम्बाब्वे सानो योगफलमा खुम्चिन पुगेको हो ।

पाकिस्तान र जिम्बाब्वे बीचको तेश्रो तथा अन्तिम एकदिवसीय खेल रावलपिन्डीमा नै मंगलबार हुनेछ ।

Click to comment

Trending