IPL

चेन्नाईसँग पराजित हुँदा पन्जाब प्ले-अफ पुग्नबाट बन्चित

Published

on

समुह चरणको आफ्नो अन्तिम खेलमा चेन्नाई सुपर किंग्ससँग नौं विकेटले पराजित हुँदा किंग्स ११ पन्जाब १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले-अफ पुग्नबाट बन्चित भएको छ ।

प्ले-अफमा पुग्नको लागि पन्जाबले आजको खेल जित्नै पर्ने थियो । तर यस अघि नै समुह प्ले-अफको यात्रा समाप्त भएको चेन्नाईसँग पराजित हुँदै समुह चरणबाट नै बाहिरिएको छ ।

जितका लागि १५४ रनको लक्ष्य लिएर ब्याटिङमा आएको चेन्नाईले १८ दशमलब पाँच ओभर खेल्दै एक विकेटको नोक्सानीमा जित हात पार्यो ।

चेन्नाईको जितमा ओपनर रुतुराज गाइकवाडले अविजित रहँदै सर्वाधिक ६२ रन बनाए ।४९ बलको सामना गरेका उनले छ चौका र एक छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर फाफ डु प्लेसिसले ४८ तथा अम्बाती रायुडूले अविजित ३० रनको पारी खेले ।

यस अघि शेख जायद क्रिकेट रंगशालामा टस जितेर हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५३ रन मात्र बनाउन सक्यो ।

पन्जाबको तर्फबाट छैठौं नम्बरमा ब्याटिङ गर्न आएका हूडाले अविजित रहँदै सर्वाधिक ६२ रन बनाए । ३० बलको सामना गरेका उनले तीन चौका र चार छक्का प्रहार गरे ।

ओपनरद्वय कप्तान केएल राहुल र मायंक अगरवालले पहिलो विकेटका लागि पाँच दशमलब दुई ओभरमा ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए पनि अगरवाल १५ बलमा २६ तथा राहुल २९ रन बनाएर आउट भए ।

त्यस पछि आएका क्रिस गेल १२, निकोलस पुरण दुई, मन्दिप सिंह १४, जेम्स नीशम दुई रन बनाएर पेभेलियन फर्किंदा पन्जाब मध्यम योगफलमा रोकिन पुग्यो ।

चेन्नाईका लुङ्गी एनगिदीले सर्वाधिक तीन विकेट हात पारे ।

यस अघि सम्पन्न पहिलो लेगमा पनि चेन्नाईले पन्जाबलाई १० विकेटले पराजित गरेको थियो । पन्जाबले दिएको १७९ रनको लक्ष्य चेन्नाईले १७ दशमलब चार ओभर खेल्दै कुनै पनि विकेट नगुमाई जित दर्ता गर्न सफल भएको थियो ।

Click to comment

Trending