IPL

गर या मरको खेलमा राजस्थान विरुद्ध कोलकाता पहिले ब्याटिङमा

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को ५४ खेलमा राजस्थान रोयल्सले टस जितेर कोलकाता नाइट राईडर्सलाई ब्याटिङ गर्न लगाएको छ ।

दुबै टोलीलाई आजको खेल गर या मरको स्थितीमा छ । आजको खेलमा जित हात पार्ने टोलीले प्ले-अफको यात्रा जीवितै राख्ने छ भने पराजित हुने टोली समुह चरणबाट नै बाहिरिने छ । समान १३-१३ खेलमा राजस्थान र कोलकाता दुबै टोलीको अंक तालिकामा समान १२-१२ अंक रहेको छ ।

मुम्बई इन्डियन्स यस अघि नै प्ले अफमा स्थान सुरक्षित गरी सकेको छ भने बेंगलोर, दिल्ली, हैदराबाद तथा राजस्थान र कोलकाता मध्य तीन टोलीले प्ले-अफमा स्थान बनाउने छन् । चेन्नाई यस अघि नै समुह चरण बाहिरी सकेको छ भने पन्जाब आज चेन्नाईसँग पराजित हुँदै समुह चरण पार गर्न सकेन ।

आजको खेलमा राजस्थानले आफ्नो टोलीमा कुनै परिवर्तन गरेको छैन भने कोलकाताले रिंकु सिंहको स्थानमा शिवम मावीलाई सुरुवाती ११ मा स्थान दिएको छ ।

यस अघि भएको पहिलो लेगमा कोलकाताले राजस्थानलाई ३७ रनले पराजित गरेको थियो । जितका लागि कोलकाताले दिएको १७५ रनको लक्ष्य सहित ब्याटिङमा आएको राजस्थानले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १३७ रन मात्र बनाउन सक्यो ।

Click to comment

Trending