अन्तर्राष्ट्रिय

दिपक हूडाको अर्धशतकमा पन्जाबको मध्यम स्कोर

Published

on

दिपक हूडाले पारीको अन्त्य तिर आक्रमक ब्याटिङ गर्दै अन्तिम १७ बलमा ४० रन जोडे पछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ५३ औं खेलमा किंग्स ११ पन्जाबले चेन्नाई सुपर किंग्सलाई १५४ रनको मध्यम लक्ष्य दिएको छ ।

शेख जायद क्रिकेट रंगशालामा टस जितेर हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५३ रन मात्र बनाउन सक्यो ।

पन्जाबको तर्फबाट छैठौं नम्बरमा ब्याटिङ गर्न आएका हूडाले अविजित रहँदै सर्वाधिक ६२ रन बनाए । ३० बलको सामना गरेका उनले तीन चौका र चार छक्का प्रहार गरे ।

ओपनरद्वय कप्तान केएल राहुल र मायंक अगरवालले पहिलो विकेटका लागि पाँच दशमलब दुई ओभरमा ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए पनि अगरवाल १५ बलमा २६ तथा राहुल २९ रन बनाएर आउट भए ।

त्यस पछि आएका क्रिस गेल १२, निकोलस पुरण दुई, मन्दिप सिंह १४, जेम्स नीशम दुई रन बनाएर पेभेलियन फर्किंदा पन्जाब मध्यम योगफलमा रोकिन पुग्यो ।

चेन्नाईका लुङ्गी एनगिदीले सर्वाधिक तीन विकेट हात पारे ।

चेन्नाई यस अघि नै प्ले-अफबाट बाहिरी सकेको छ भने प्ले-अफको जीवितै राख्न पन्जाबले आजको खेल जित्नै पर्ने हुन्छ । पन्जाबले आजको खेलमा फराकिलो जित हात पारेको खण्डमा प्ले-अफमा स्थान बनाउने छ भने संघर्षपूर्ण जित दर्ता गराएमा अन्य खेलको नतिजामा निर्भर रहन पर्ने हुन्छ ।

१३ खेल खेलेको पन्जाब छ खेलमा जित र सात खेलमा हारको सामना गर्दै १२ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा छ भने १३ खेलमा नै पाँच जित निकाल्दै आठ खेलमा हारको सामना गरेको चेन्नाई अंक तालिकाको आठौँ स्थानमा छ ।

यस अघि सम्पन्न पहिलो लेगमा चेन्नाईले पन्जाबलाई १० विकेटले पराजित गरेको थियो । पन्जाबले दिएको १७९ रनको लक्ष्य चेन्नाईले १७ दशमलब चार ओभर खेल्दै कुनै पनि विकेट नगुमाई जित दर्ता गर्न सफल भएको थियो ।

Click to comment

Trending