अन्तर्राष्ट्रिय

इफ्तिखर अहमदको घातक बलिङमा जिम्बाब्वे २०६ रनमा अलआउट 

Published

on

इफ्तिखर अहमदले घातक बलिङ गर्दै एकदिवसीयमा आफ्नो पहिलो पाँच विकेट हात पारे पछि पाकिस्तानविरुद्धको दोश्रो एकदिवसीय खेलमा जिम्बाब्वे २०६ रनमा समेटिन पुगेको छ ।

रावलपिन्डीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ४५ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर २०६ रन मात्र बनाउन सकेको हो ।

जिम्बाब्वेलाई सानो योगफलमा समेट्ने क्रममा इफ्तिखर अहमदले सर्वाधिक पाँच विकेट लिए भने मुहम्मद मुसाले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए । छैठौं एकदिवसीय खेल खेलेका अहमदले आफ्नो खेल जीवनको पहिलो पाँच विकेट हात पार्ने क्रममा १० ओभर बलिङ गर्दै दुई मेडन सहित ४० रन मात्र खर्चिए । अघिल्लो खेलमा पाँच विकेट हात पारेका शाहिन शाह अफ्रिदीले आज विकेट बिहिन रहन गए पनि किफायती बलिङ गर्दै १० ओभरमा ३६ रन मात्र खर्चिए ।

जिम्बाब्वेका सिन विलियम्सले सर्वाधिक ७५ रन बनाए ।  ७० बलको सामना गरका उनले १० चौका र एक छक्का प्रहार गरे । विलियम्स बाहेक अघिल्लो खेलमा शतक प्रहार गरेका ब्रेन्डन टेलरले ३६ तथा ओपनर ब्रायन चरीले  २५ रन बनाए भने अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा जिम्बाब्वे सानो योगफलमा खुम्चिन पुगेको हो ।

तीन खेलको शृंखलामा पाकिस्तान १-० ले अघि रहेको छ । शुक्रबार भएको पहिलो खेलमा पाकिस्तानले जिम्बाब्वेलाई २६ रनले पराजित गरेको थियो ।

Click to comment

Trending