IPL

प्ले-अफ पुग्न जित्नै पर्ने खेलमा पन्जाबले पहिले ब्याटिङ गर्दै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को ५३ औं खेलमा किंग्स ११ पन्जाबले पहिले ब्याटिङ गर्ने भएको छ । शेख जायद क्रिकेट रंगशालामा चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

चेन्नाई यस अघि नै प्ले-अफबाट बाहिरी सकेको छ भने प्ले-अफको जीवितै राख्न पन्जाबले आजको खेल जित्नै पर्ने हुन्छ । पन्जाबले आजको खेलमा फराकिलो जित हात पारेको खण्डमा प्ले-अफमा स्थान बनाउने छ भने संघर्षपूर्ण जित दर्ता गराएमा अन्य खेलको नतिजामा निर्भर रहन पर्ने हुन्छ ।

१३ खेल खेलेको पन्जाब छ खेलमा जित र सात खेलमा हारको सामना गर्दै १२ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा छ भने १३ खेलमा नै पाँच जित निकाल्दै आठ खेलमा हारको सामना गरेको चेन्नाई अंक तालिकाको आठौँ स्थानमा छ ।

यस अघि सम्पन्न पहिलो लेगमा चेन्नाईले पन्जाबलाई १० विकेटले पराजित गरेको थियो । पन्जाबले दिएको १७९ रनको लक्ष्य चेन्नाईले १७ दशमलब चार ओभर खेल्दै कुनै पनि विकेट नगुमाई जित दर्ता गर्न सफल भएको थियो ।

Click to comment

Trending