Headline

‘म को हुँँ र मेस्सीलाई परिवर्तन गर्न सक्ने ?’

Published

on

बार्सिलोनाका पुर्व प्रशिक्षक किके सेटियनले लियोनल मेस्सीको प्रशिक्षक हुन गार्हो रहेको र उनी क्याम्प नोउमा हुँदा मेस्सीले नराम्रो खेले पनि आलोचना गर्न नसक्ने बताएका छन् ।

सेटियनले २०१८ को जनवरीमा बार्सिलोनाले एर्नेस्टो भालभर्डेलाई बर्खास्त गरे पछी क्याट्लन क्लबको प्रमुख प्रशिक्षकको भूमिकामा नियुक्त भएका थिए तर उक्त पदमा रहेको ६ महिना पनि नबित्दै उनलाई बार्सिलोनाले बर्खास्त गरेको थियो ।

अघिल्लो सिजन बायर्न म्युनिखसँग च्याम्पियन्स लिगमा ८-२ को लज्जास्पद हार बेहोर्दै बहिरिए पछि बार्सिलोनाले उनलाई बर्खास्त गरेको थियो ।

यही खेल पछि मेस्सीले क्लब छोड्ने मनसाय भएको स्पष्ट रुपमा देखाउदै आएका थिए तर आफ्नो सम्झौताका कारण क्लबलाई कठघरामा उभाउन नचाहेको भन्दै मेस्सी यो सिजनका लागि बार्सिलोनामै बसेका थिए ।

स्पेन तथा रियल म्याड्रिडका पुर्व प्रशिक्षक विसेन्टी डेल बोस्क्युले लिएको एक अन्तर्वातामा बोल्दै सेटियनले ६ पटकको बलोन डि’ओर बिजेता खेलाडी मेस्सीको प्रशिक्षक हुन निकै गार्हो रहेको बताएका थिए ।

“मलाई लाग्छ मेस्सी संसारकै उत्कृष्ट खेलाडी हुन्,” सेटीयनले भने । “होलान  यहाँ अरु पनि ठुला खेलाडीहरु तर जुन मेस्सीले वर्षौंसम्म गरेका थिए त्यो कसैले पनि गरेका थिएनन्,”

“मेस्सीको प्रशिक्षक हुन गार्हो छ तर म को हुँँ र मेस्सीलाई परिवर्तन गर्न सक्ने ? उ जस्तो छ त्यस्तै हामीले स्विकार गर्नु पर्ने हुन्छ उनलाई कसैले परिवर्तन गर्न सक्दैन,” सेटीयनले थपे ।

सेटीयनले अन्तर्वातामा खेलाडीको लागि निर्णय लिएको भन्दा सम्पूर्ण क्लबका लागि निर्णय लिदै आफुले बार्सिलोना छोडेको पनि बताएका थिए ।

“म बर्खास्तीमा परे पछि मलाई अरु कुनै कदम चाल्न मन थियो तर क्लब भन्दा माथि केही छैन जस्तो लाग्यो,” सेटियनले भने ।

Click to comment

Trending