Headline

प्रिमियर लिग आज: म्यानचेस्टर युनाइटेडको सामना गर्दै आर्सनल

Published

on

प्रिमियर लिग अन्तर्गत आज हुने ठुलो खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनलको सामना गर्दै छ ।

च्याम्पियन्स लिगमा आर बि लाइपजिगलाई ५-० ले हराएको म्यानचेस्टर युनाइटेडले आज ओल्ड ट्राफोर्डमा अर्सनलसँग खेल्न लागेको हो ।

प्रिमियर लिगमा २००६ को सेप्टेम्बरमा भएको खेलमा आर्सनलसँग १-० ले पराजित भए देखी युनाइटेडले घरमा अहिलेसम्म पराजित हुनु परेको छैन । तर युनाइटेडको घरमा भएका पछिल्ला तीन खेल हेर्ने हो भने उसले एक खेलमा पनि जित निकाल्न सकेको छैन ।

आर्सनलका लागि उस्को समस्या भनेको कप्तान पिएरे एम्रिक ओबामेयाङको फम रहेको छ । अन्तिम ६ खेलमा एक गोल मात्र गरेका ओबामेयाङले आर्सनलको नयाँ सम्झौतामा हस्ताक्षर गरे देखी आफ्नो लय समाउन सकेका छैनन् ।

युनाइटेडलाई डिफेन्समा रहेका कप्तान ह्यारी मग्वायरको केही समय समस्या देखिए पनि उनले पछिल्ला दुई खेलमा देखाएको प्रदर्शनले भने युनाइटेडको डिफेन्स पनि बलियो नै देखिन्छ ।

युनाइटेडका लागि मार्कस रासफोर्ड महत्वपूर्ण खेलाडी सावित हुन सक्छन् ।

खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुने छ ।

अर्को खेलमा भने एवर्टनले न्युकासल युनाइटेडको सामना गर्ने छ ।

अघिल्लो खेलमा साउथह्याम्प्टनसँग २-० ले पराजित हुँदै आफ्नो अपराजित यात्रामा पूर्णबिराम लगाएको एवर्टनले लागि न्युकासलसँगको यो खेलमा भने तीन महत्वपूर्ण खेलाडी गुमाएको छ ।

स्टार खेलाडी हमेज रोड्रिगेजले अंडकोषमा लागेको चोटका कारण खेल गुमाउने छन् भने कप्तान लुकास डिग्ने र रिचार्लिसनले भने खेलको लागि निलम्बनमा परेका छन् ।

यो खेल नेपाली समय अनुसार ७:४५ मा सुरु हुने छ ।

यस्तै आज साँझको ५:४५ बजेको पहिलो खेलमा एस्टन भिल्लाले साउथह्याम्प्टनको सामना गर्दै छ भने अर्को खेलमा भने टोटनह्यामले ब्राइटनसँग
राती १:०० बजे खेल्दै छ ।

 

Click to comment

Trending