Headline

चार लिग खेलमा जितबिहिन बार्सिलोना

Published

on

१० खेलाडीमा सिमित आलाभेससँग बराबरीमा रोकिएपछि बार्सिलोना स्पेनिस ला लिगामा लगातार चार खेलमा जितबिहिन बनेको छ ।

घरेलु टोलीले ३१ औं मिनेटमा लुइस रिओहाको गोलमार्फत अग्रता लिएको थियो । ६२ आंै मिनेटमा जोटाले दोश्रो पहेलो कार्ड खाएपछि आलाभेस १० खेलाडीमा सिमित भएको थियो । एक मिनेटपछि नै एन्टोइन ग्रिजमनले बार्साका लागि बराबरी गोल गरे तर त्यसपछि भने अर्को गोल थप्न सकेन ।

बराबरीपछि बार्सा लिगको १२ औं स्थानमा नै कायम रहेको छ । बार्साले खेलमा अन्य दुई गोल गर्ने मौका पनि चुकाएको थियो ।

ला लिगाकै अन्य खेलमा युरोपा लिग च्याम्पियन सेभिया एथ्लेटिक बिल्बाओसँग २–१ ले पराजित भयो भने जाओ फेलिक्सको दुई गोलको मद्दतमा एट्लेटिको म्याड्रिडले ओसासुनालाई ३–१ ले हरायो ।

जोटोले बचाए लिभरपुललाई

सब्स्टिच्युट डिएगो जोटाले ८५ औं मिनेटमा गोल गरेपछि लिभरपुल वेष्ट ह्यामलाई २–१ ले पराजित गर्दै इङ्गलिस प्रिमियर लिगको शिर्षस्थानमा पुगेको छ । लिभरपुलको ७ खेलबाट १६ अंक भएको छ ।

एन्फिल्डमा पाब्लो फोर्नालले गोल गरेपछि लिभरपुल १० मिनेटमै खेलमा पछि परेको थियो । मोहम्मद सलाहको पेनाल्टीमा गोल गरेपछि लिभरपुलले ४२ औं मिनेटमा बराबरी गर्यो । अर्का सब्स्टिच्युट जेर्दान शकिरीको पासमा जोटाले गोल गरेपछि लिभरपुलको तीन अंक सुरक्षित भएको थियो ।

अन्य प्रिमियर लिग खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई १–० र चेल्सीले बर्न्लीलाई ३–० ले हराएका थिए ।

इन्टरको बराबरी, एट्लान्टाको जित

इटालियन सिरी आ मा इन्टर मिलान बराबरीमा रोकियो भने एट्लान्टाले क्रोटोनलाई २–१ ले पराजित गर्यो । अर्को खेलमा बोलोग्नाले काल्गियारीलाई ३–२ ले हरायो ।

Click to comment

Trending