Headline

मनाङलाई मनाङ नेसाङ कप

Published

on

मनाङले पहिलो मनाङ नेसाङ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मुङ्गजी गाँउको फुटबल मैदानमा सोमबार भएको फाइनलमा मनाङले हुम्देलाई १–० ले पराजित गर्यो ।

फाइनलको एक मात्र निर्णायक गोल तेन्जिङ गुरुङले गरेका थिए । उपाधि सहित मनाङको टोलीले २५ हजार र उपबिजेता हुन्देले १५ हजार प्राप्त गर्यो । बिजयी खेलाडीहरुलाई पुरस्कार गण्डकी प्रदेशका सभा सदस्य पाल्देन गुरुङले हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी मनाङकै अमन खड्का घोषित भए । उनले प्रतियोगिता अवधिभर चार गोल गरेका थिए । खड्काले पोखरामा प्याराग्लाइडिङ्ग र दुई रात बस्ने प्याकेज पाए ।

फाइनल अघि बिश्व फुटबल लेजेण्ड डिएगो म्याराडोनाको सम्झनामा एक मिनेटको मौन धारण गरिएको थियो ।

प्रतियोगिताको आयोजना स्थानीय भ्राका युवा क्लबले गरेको हो भने गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङको सकृयतामा गरिएको थियो ।

लिग कम नकआउट प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो । यो प्रतियोगिता नेपालमा सबैभन्दा उचाइमा खेलिएको प्रतिस्पर्धात्मक फुटबल प्रतियोगितामध्ये पर्दछ । आयोजना स्थल समुद्र सतहबाट ३३ सय ५० मिटरमाथि रहेको छ ।

Click to comment

Trending