Headline

चोटका कारण वार्नर भारतबिरुद्धको ट्वान्टी ट्वान्टी सिरिजबाट बाहिरिए

Published

on

ग्रोइन इन्जुरी भएपछि अष्ट्रेलियाले उच्च फर्ममा रहेका आफ्नो ओपनर डेविड वार्नरलाई भारतबिरुद्धको तेश्रो एकदिवसीय र तीन म्याचको ट्वान्टी ट्वान्टी श्रृंखलाका लागि गुमाएको छ ।

आइतबार सिड्नीमा सम्पन्न दोश्रो एकदिवसीयमा फिल्डिङ्ग गर्दा वार्नरले चोट बोकेका थिए भने उनलाई एकैछिनमा अस्पताल लगिएको थियो । वार्नरले पहिलो एकदिवसीयमा ६९ र दोश्रोमा ८३ रन बनाउदा अष्ट्रेलियाले दुवै खेलमा शतकीय साझेदारी पाएको थियो ।

अष्ट्रेलियाले पहिलो एकदिवसीयमा ६६ र दोश्रो एकदिवसीयमा ५१ रनको जित हात पारेको थियो । तीन म्याचको एकदिवसीय श्रृंखला जितिसकेको अवस्थमा अष्ट्रेलियालाई वार्नर ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा नहुने भएपछि भने झड्का लागेको छ ।

वार्नरले यो सिजनको इण्डियन प्रिमियर लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सनराइजर्स हैदरावादलाई प्लेआफसम्म पुर्याएका थिए ।

अष्ट्रेलियाले वार्नरको स्थानमा अर्का बाया हाते ब्याट्स्म्यान डार्सी सर्टलाई बोलाएको छ । सर्ट बिग ब्यास लिगको गत दुई सिजनको सर्वाधिक रन स्कोरर हुन् । यस्तै अष्ट्रेलियाले प्याट कमिन्सलाई भने अन्तिम एकदिवसीय र ट्वान्टी ट्वान्टी श्रृंखलाका लागि बिश्राम दिएको छ ।

प्रशिक्षक जस्टिन ल्याँगरका अनुसार डिसेम्बर १७ देखि एडिलेडमा हुने चार म्याचको टेस्ट श्रृंखलाका लागि कमिन्सलाई बिश्राम दिएको हो । अन्तिम एकदिवसीय क्यानबेरामा हुनेछ ।

Click to comment

Trending