Headline

प्रिमियर लिग:चेल्सी र टोटनह्यामको बराबरी, आर्सनल वुल्भ्ससँग पराजित

Published

on

प्रिमियर लिगमा हिजो भएको खेलमा चेल्सी र टोटनह्यामले गोलरहित बराबरी खेलेका छन् ।

स्टामफोर्ड ब्रिजमा बहेको खेलमा बराबरीसँगै टोटनह्याम र चेल्सीले एक-एक अंक बाडेका छन् । बराबरीसँगै टोटनह्याम गोलअन्तरका कारण २१ अंकका साथ शिर्ष स्थानमा रहेको छ । चेल्सी भने १९ अंकका साथ तेस्रोमा रहेको छ ।

खेलमा चेल्सीले केही मुभहरु बनाए पनि गोल गर्न भने चुकेको थियो । टोटनह्याम भने चेल्सीको आक्रमणहरुलाई रोक्नमै व्यस्त रह्यो । नवौँ मिनेटमा स्टेभन वर्जवाइनले गरेको प्रहार बहिरिएसँगै डिफेन्समै सबै खेलाडी लगाएको टोटनह्यामले चेल्सीको आक्रमणहरुलाई रोकिरह्यो ।

२८औं मिनेटमा मासन माउन्टले मोउसा सिसोकोलाई बिट गर्दै गरेको प्रहार आकासिदा चेल्सी अग्रता लिनबाट चुक्यो । ४९औं मिनेटमा रिस जेम्सको उत्कृष्ट क्रसमा ट्याम्मी अब्राहमले गोल गर्न सकेनन् ।

दोस्रो हाफमा पनि धेरै मुभहरु बने पनि चेल्सीले भने अग्रता लिन सकेन ।

यस्तै अर्को खेलमा भने आर्सनल वुल्भ्ससँग २-१ ले पराजित भएको छ ।

एमेरेट्स रङ्गशालामा वुल्भ्ससँग पराजित हुने क्रममा अर्सनलले २७ औँ मिनेटमा पहिलो गोल खान पुगेको थियो । वुल्भ्सका लागि पेड्रो नेटोले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । तर त्यस्को तीन मिनेट पनि नबित्दै आर्सनल खेलमा फर्कियो । आर्सनलका लागि ३० औँ मिनेटमा गब्रियलले गोल गर्दै टोलीलाई १-१ को बराबरीमा ल्याएका थिए ।

४२ औँ मिनेटमा वुल्भ्सले दोस्रो गोल गर्‍यो । वुल्भ्सका लागि ड्यानियल पोडेन्सेले गोल गरेका थिए । उनले गरेको गोल निर्णायक बन्न पुग्दा वुल्भ्सले तीन अंक हात पारेको हो ।

आर्सनलमाथिको जितसँगै वल्भ्स १० खेलबाट १७ अंक जोडेर छैटौ स्थानमा उक्लिउको छ । पराजित आर्सनल १३ अंकसहित १४औं स्थानमा रहेको छ ।

Click to comment

Trending