Headline

इङ्गल्याण्डको जितमा डाविड मलन नायक, जित्यो ट्वान्टी ट्वान्टी श्रृंखला

Published

on

डाविड मलन र ओइन मोर्गनले महत्वपूर्ण अद्र्धशतकीय साझेदारी गरेपछि इङ्गल्याण्ड दोश्रो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा पनि दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै तीन खेलको श्रृंखला आफ्नो पक्षमा पार्न सफल भएको छ ।

पार्लको स्लो विकेटमा पहिलो ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा १ सय ४६ रनको सामान्य योगफल खडा गर्यो । जवाफमा इङ्गल्याण्डले शुरुवातमा संघर्ष गरेपनि मलन र कप्तान मोर्गनले उत्कृष्ट ब्याटिङ्ग गर्दै टिमलाई एक बल बाकी रहेको अवस्थामा जित दिलाए ।

इङ्गल्याण्डलाई अन्तिम ६ ओभरमा ६२ रन चाहिएको थियो । अर्को चार ओभरमा ५१ रन जोड्दै मोर्गन र मलनले इङ्गल्याण्डलाई जित नजिक पुर्याएका थिए । १८ औं ओभरमा लुँगि एनगिदीले १८ रन खर्चदा मलन एक्लैले १६ रन बनाएका थिए । आफ्नो १७ औं ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा आठौं अद्र्धशतक प्रहार गर्ने क्रममा मलनले ४० बलमा ७ चौका र एक छक्काको मद्दतमा ५५ रन बनाए ।

कागिसो रबाडाको अन्तिमा ओभरमा मात्र तीन रन चाहिएको अवस्थामा टम कुरान दोश्रो बलमा बोल्ड भएका थिए । नयाँ ब्याट्स्म्यान क्रिस जोर्डनले तेश्रो बलमा दुई रन लिए र अर्को बल डट भएपछि इङ्गल्याण्डमा दुई बलमा एक रनको आवश्यकता थियो । तर जोर्डनले पाचौं बलमा चौका प्रहार गर्दै जित दिलाए ।

मोर्गन १७ बलमा तीन चौका र एक छक्का सहित २६ रनमा नटआउट रहे । दक्षिण अफ्रिकाका लागि तबरेज सम्सीले चार ओभरमा १९ रन खर्चदै तीन विकेट लिए भने एनगिदीले चार ओभरमा ५१ रन खर्चदा दुई विकेट हात पारे ।

यसअघि घरेलु टोलीका लागि कप्तान क्वेन्टिन डि ककले १८ बलमा ३० रन बनाएका थिए भने जर्ज लिन्डेले २० बलमा २९ रन बनाए । यस्तै रासी भान डर डसनले २९ बलमा नटआउट २५ रन बनाएका थिए । भान डर डसनले इनिङ्गसमा चौका र छक्का प्रहार गर्न सकेनन् ।

इङ्गल्याण्डका लागि अदिल रशिदले दुई विकेट लिए ।

Click to comment

Trending