Headline

साउथह्याम्प्टनलाई हराउदा युनाइटेडका लागि कभानी नायक

Published

on

दुई गोलले पछि परेको स्थितीलाई उल्टाउदै म्यानचेस्टर युनाइटेडले साउथह्याम्प्टनलाई ३-२ ले पराजित गरेको छ ।

साउथह्याम्प्टनका लागि जान बेन्ड्रन्रेक र जेम्स वार्ड प्रोवसले गोल गरेका थिए भने युनाइटेडका लागि ब्रुनो फर्नानडेजले एक र एडिसन कभानीले दुई गोल गरेका थिए ।

खेलको २१ औँ मिनेटमा साउथह्याम्प्टनले खेलमा अग्रता लिएको थियो । साउथह्याम्प्टनका लागि वार्ड प्रोवसको पासमा जान बेन्ड्रन्रेकले गोल गरेका थिए । साउथह्याम्प्टनले ३३ औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो । जेम्स वार्ड प्रोवसले फ्रिकिकबाट सिधै गोल गरेका थिए ।

पहिलो हाफमा २-० को अग्रता लिएको साउथह्याम्प्टनले दोस्रो हाफमा तीन गोल खान पुगेको थियो ।

युनाइटेडका लागि पहिलो गोल ५९ औँ मिनेटमा ब्रुनो फार्नानडेजले गरेका थिए । उनले गोल गर्दै खेल २-१ को स्थितीमा पुर्याएका थिए । यस्तै ७४ औँ मिनेटमा अर्को गोल गरे पछि युनाइटेडले खेल बराबरी गर्न सफल भएको थियो । युनाइटेडका लागि एडीसन कभानीले दोस्रो गोल गरेका थिए ।

यस्तै ९० मिनेट पछि थपिएको इन्जुरी समयमा मार्कस रासफोर्डको पासमा कभानीले हेडिङ गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए ।

जितसँगै युनाइटेड १६ अंकका साथ सातौँ स्थानमा उक्लिएको छ भने साउथह्याम्प्टन पाचौँ स्थानमा रहेको छ ।

Click to comment

Trending