Headline

बार्सिलोनाको फराकिलो जित, मेस्सीले गोल गरेपछि दिए म्याराडोनालाई ट्रिब्युट

Published

on

मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन, फेलिपे काउटिन्हो र लियोनल मेस्सीले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनामाथि ४–० को फराकिलो जित दर्ता गरेको छ ।

जितसँगै बार्सिलोनाको ला लिगाको अंक तालिकामा सातौं स्थानमा उक्लिएको छ । यसअघि च्याम्पियन्स लिग अन्तगर्त सख्तर दोनेस्कबिरुद्धको खेलमा पनि दुई गोल गरेका मार्टिन ब्रेथवेटले क्याम्प नाउमा बार्सालाई २९ औं मिनेटमा अग्रता दिलाए । बार्साको घरेलु मैदानमा यो उनको पहिलो गोल हो ।

४२ औं मिनेटमा ग्रिजमनले अग्रतालाई दोब्बर बनाएका थिए भने दोश्रो हाफ शुरु भएको केही समय पछि नै काउटिन्होले बार्साका लागि तेश्रो गोल गरे । मेस्सीले ७३ औं मिनेटमा गोल गर्दै बार्साको जित फराकिलो बनाएका थिए ।

गोल लगत्तै मेस्सीले दुवै हाथ माथि उठाउदै अर्जेन्टिनी टोलीका आफ्ना पुर्व प्रशिक्षक तथा बिश्व फुटबल लेजेण्ड डिएगो म्याराडोनालाई सम्झिएका थिए । मेस्सीले गोल गरे लगत्तै आफ्नो पुरानो अर्जेन्टिनी क्लब नेवेल्स ओल्ड बोइजको १० नम्बरको जर्सी लगाएर म्याराडोनालाई सम्मान दिएका थिए । खेलका दौरान जर्सी फुकालेर अर्को लगाउदा उनले पहेलो कार्ड पनि पाए ।

म्याराडोनाको निधनपछि बार्सिलोनाले पहिलो खेल खेलेको हो । मेस्सी र म्याराडोनाको सम्बन्ध निकै घनिष्ट रहेको थियो । सन् २०१० को दक्षिण अफ्रिकामा भएको बिश्वकप दौरान म्याराडोनाले अर्जेन्टिनाको टोलीको प्रशिक्षण गरेका थिए । तर मेस्सी र म्याराडोनाको जादु उक्त बिश्वकपमा भने चलेन । अर्जेन्टिना क्वार्टर फाइनलमा जर्मनीसँग ४–० ले पराजित हुदै बाहिरिएको थियो ।

Click to comment

Trending