Headline

अष्ट्रेलियाको बिष्फोटक ब्याटिङ्ग, भारतलाई ३ सय ९० रनको बिशाल लक्ष्य

Published

on

अष्ट्रेलियाले भारतलाई दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा अर्को बिशाल लक्ष्य दिएको छ । पुर्व-कप्तान स्टिभन स्मिथको लगातार दोश्रो शतकसँगै माथिल्लो क्रमका पाँचै ब्याट्स्म्यानहरुले उत्कृष्ट ब्याटङ्ग गरेपछि अष्ट्रेलियाले ५० ओभरमा मात्र चार विकेटको क्षतिमा ३ सय ८९ रन बनायो ।

दुई दिनअघि स्मिथ र कप्तान आरोन फिन्चको शतकको मद्दतमा ३ सय ७४ रन बनाएको अष्ट्रेलियाको आइतबारको स्कोर भारतबिरुद्ध अहिले सम्मकै सर्वाधिक योगफल भएको छ ।

पहिलो एकदिवसीयमा भारतलाई ६६ रनले पराजित गर्दा पनि उत्कृष्ट ब्याटिङ्ग गर्दै शतक प्रहार गरेका स्मिथले आइतबार त्यो फर्मलाई कायमै राखे । मात्र ६४ बलको सामना गर्दै स्मिथले १०४ रन बनाए । स्मिथले ६२ बलमा शतक पुरा गरेका थिए । उनको लगत्तै अर्को ओभरमा हार्दिक पाण्ड्यलाई चौका प्रहार गरेपछि उनी आउट भएका थिए ।

उनको इनिङ्गसमा १४ चौका र दुई छक्का सामेल थियो । स्मिथको यो ११ औं एकदिवसीय शतक हो । उनको शतकपछि अष्ट्रेलिया अर्को बिशाल स्कोरतर्फ अग्रसर भएको थियो । स्मिथको विकेट पतनपछि मार्नस लबुसान र ग्लेन म्याक्सवेलले चौथो विकेटको लागि ८० रनको महत्वपूर्ण साझेदारी गर्दै अष्ट्रेलियालाई ४ सय रन नजिक पुर्याएका थिए ।

लबुसानले ६१ ब्लमा ७० रन बनाए भने म्याक्सवेलले २९ बलमै ६३ रनको योगदान दिए । म्याक्सवेलले चार छक्का र चार चौका प्रहार गरे । लबुसानको इनिङ्गसमा पाँच चौका सामेल थियो ।

घरेलु टोलीलाई एकपटक फेरि कप्तान आरोन फिन्च र डेविड वार्नरले शान्दार शुरुवात दिलाएका थिए । २०२० मा चौथो पटक शतकीय साझेदारी गर्ने क्रममा फिन्च र वार्नरले पहिलो विकेका लागि १ सय ४२ रनको साझेदारी गरे ।

पहिलो एकदिवसीयमा १ सय १४ रन बनाएका फिन्च ६० रनमा आउट भए भने वार्नरले ७७ बलमा सात चौका र तीन छक्काको मद्दतमा ८३ रन बनाए । फिन्चको इनिङ्गसमा ६ चौका र एक छक्का सामेल थियो ।

Click to comment

Trending