Headline

ग्लेन फिलिप्सको आक्रमक शतकमा न्युजिल्याण्डको २ सय ३८ रन

Published

on

ग्लेन फिलिप्सले आफ्नो १३ औं ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो शतक जमाउदा न्युजिल्याण्डले वेष्ट इण्डिजलाई दोश्रो ट्वान्टी ट्वान्टी जितका लागि २ सय ३९ रनको बिशाल लक्ष्य दिएको छ ।

माउन्ट मनगानुईमा भएको खेलमा टस हारी पहिलो ब्याटिङ्ग गरेको न्युजिल्याण्डले २० ओभरमा मात्र तीन विकेट गुमाउदै २ सय ३८ रन बनायो । ५३ रनमा दुई विकेट गुमाएको न्युजिल्याण्डलाई बिशाल योगफलतर्फ डोर्याउदै फिलिप्सले तेश्रो विकेटका लागि डेभोन कोन्वेसँग १ सय ८४ रनको शान्दार साझेदारी गरेका थिए ।

अन्तिम ओभरको पाचौं बलमा आउट भएका फिलिप्सले ५१ बलको सामना गर्दै १० चौका र ८ छक्को मद्दतमा १ सय ८ रन बनाए । पहिलो ट्वान्टी ट्वान्टीमा पनि न्युजिल्याण्डको जितमा प्रमुख भुमिका खेलेका कोन्वेले ३७ बलमा नटआउट ६५ रन बनाए ।

कोन्वेले चार चौका र चार छक्का प्रहार गरे । यस्तै ओपनर मार्टिन गप्टिलले पाँच चौका र दुई छक्का सहित २३ बलमा ३४ रन बनाएका थिए । वेष्ट इण्डिजले पहिलो ट्वान्टी ट्वान्टीमा १६ ओभरमै १ सय ८० रन बनाएपनि हारको सामना गरेको थियो ।

Click to comment

Trending