Headline

प्रिमियर लिग आज: चेल्सी विरुद्ध टोटनह्यामको महाभिडन्त,आर्सनल र वुल्भ्स भिड्दै

Published

on

प्रिमियर लिगमा आज दुई ठुला क्लबहरु चेल्सी र टोटनह्याम हट्सपर खेल्दै छन् ।

२०२० प्रिमियर लिग सिजनको पहिलो लन्डन डर्बीमा चेल्सीका प्रशिक्षक फ्रान्क लामपार्डले आफ्ना पुर्व प्रशिक्षक होजे मोउरिन्होको सामना गर्न लागेका हुन् ।

स्टामफोर्ड ब्रिजमा हुने खेल टोटनह्याम र चेल्सीका लागि उतिकै महत्वपूर्ण छन् । यि दुई टोली मद्धे आजको खेलमा जुन टोलीले बाजी मर्छ उक्त टोली शिर्ष स्थानमा उक्लिने छ ।

चेल्सीले टोटनह्याम विरुद्धको आफ्नो पछिल्लो तीन खेलमा सबैमा जित निकालेको छ । टोटनह्यामले चेल्सी विरुद्ध ३४ अवे खेलमा एकमा मात्र जित निकालेको छ । २०१८ को सिजन देखी चेल्सीले आफ्नो दश मद्धे आठ लनडन डर्बीहरु जितेको छ ।

चेल्सीका लागि सबै खेलाडीहरु फिट भएको पनि लामपार्डले बताएका छन् । तीन खेल अघि घाइते भएका अमेरिकन स्टार क्रिष्चियन पुलिसिच पनि टोलीमा परेका छन् ।

टोटनह्यामका लागि पनि सबै खेलाडी फिट रहेको छन् त्यसै कारण पनि चेल्सीलाई कडा प्रतिस्पर्धा हुने पनि आशा गरिएको छ ।

यसै सिजन भएको लिग कपको खेलमा भने टोटनह्याम पेनाल्टीमा ५-४ ले बिजयी भएको थियो ।

यो खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुने छ ।

यस्तै अन्य खेलहरुमा नेपाली समय अनुसार ७:४५ बजे म्यानचेस्टर युनाइटेड र साउथह्याम्प्टन भिड्दै छन् भने राती १:०० बजेको खेलमा आर्सनलले वुल्भ्ससँग खेल्दै छ ।

Click to comment

Trending