Headline

प्रिमियर लिग:सिटीले ठोक्यो बर्नलीलाई पाँच, एवर्टन लिड्ससँग पराजित

Published

on

प्रिमियर लिग अन्तर्गत हिजो भएको खेलमा म्यानचेस्टर सिटीलाई ५-० गोलले हराएको छ ।

सिटीका लागि रिहाद महारेजले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सिटीका लागि ह्याट्रिक गरेका थिए भने बेन्जमिन मेन्डी र फेरान टोरेसले एक-एक गोल गरेका थिए ।

सिटीका लागि पहिलो हाफको छैठौँ मिनेटमै महारेजले गोल गर्दै अग्रता दिलाएका थिए । महारेजले फेरी टोलीका लागि दोस्रो गोल २२ औँ मिनेटमा गरेका थिए । यस्तै पहिलो हाफमा सिटीका लागि ३-० को अग्रता बनाउन बेन्जामिन मेन्डीले ४१ औँ मिनेटमा अर्को एक गोल गरेका थिए ।

पहिलो हाफमा तीन गोलको अग्रता लिएको सिटीले दोस्रो हाफमा दुई गोल गरेको थियो । ६६ औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई ४-० को अग्रता दिलाएका थिए ।

यस्तै ६९ औँं मिनेटमा रिहाद महारेज सिटीका लागि पाचौँ र व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

जितसँगै सिटी आठौँ स्थानमा उक्लिएको छ ।

यस्तै हिजो भएको अर्को खेलमा एवर्टनलाई लिड्सलाई र वेष्ट ब्रोमले सेफिल्ड युनाइटेडलाई १-० ले पराजित गरेको छ । लिड्सका लागि महत्वपूर्ण गोल रफिनाले गरेका थिए भने वेष्ट ब्रोमको जितमा कनर ग्यालेघरले गोल गरेका थिए ।

Click to comment

Trending