Headline

ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

Published

on

पास्कल ग्रोसले इन्जुरी टाइममा पेनाल्टी मार्फत गोल गरे पछि साविक बिजेता लिभरपुल ब्राइटनसँग १-१ को बराबरीमा रोकिएको छ ।

एमेक्स रङ्गशालामा भएको खेलमा लिभरपुलका लागि दोस्रो हाफमा डिएगो जोटाले गोल गरेका थिए भने ब्राइटनका लागि ग्रोसले गोल गरेका थिए ।

पहिलो हाफ निकै राम्रो प्रदर्शन गरेको ब्राइटनले निकै राम्रो खेल खेलेको थियो । लिभरपुलले पनि पहिलो हाफमा भने केही मौकाहरु बनाएको थियो । कोरोना संक्रमण पछि लिभरपुलको शुरुवाती एघारमा फर्किएका मोहम्मेद सलाहले ३४ औँ मिनेटमा गरेको गोल भिएआरले रद्ध गरेको थियो । यस्तै पहिलो हाफको ४२ औँ मिनेटमा रोबर्टो फर्मिन्होले गरेको प्रहार बहिरिएको थियो ।

दोस्रो हाफको भने ६० औँ मिनेटमा लिभरपुलका लागि जोटाले अग्रता दिलाएका थिए । उनले गरेको कडा प्रहारलाई ब्राइटनका गोलरक्षक म्याट रायनले बचाउन सकेनन् । एक गोलले पछि परे पनि लगतार आक्रमण गरेको ब्राइटनले ९० मिनेट पछि थपिएको इन्जुरी टाइममा भने पनाल्टी पाएको थियो ।

एन्ड्रु रोबर्टसनले ड्यानी वेलब्याकलाई फाउल गरे पछि ब्राइटनले पेनाल्टी पाएको थियो । पेनाल्टीमा ग्रोसले कुनै गल्ती नगर्दै ब्राइटनलाई एक अंक दिलाएका थिए ।

बराबरीसँगै लिभरपुलले शिर्ष स्थानमा रहने मौका गुमाएको छ ।

आजै हुने अर्को खेलमा भने म्यानचेस्टर सिटीले बर्नलीको सामना गर्दै छ ।

Click to comment

Trending