Headline

प्रिमियर लिग आज: लिभरपुल विरुद्ध ब्राइटन,बर्नली विरुद्ध सिटी

Published

on

प्रिमियर लिगमा साविक बिजेता लिभरपुलले आज  ब्राइटनको सामना गर्दै छ भने अर्को खेलमा बर्नलीले म्यानचेस्टर सिटीसँग खेल्दै छ ।

साविक बिजेता लिभरपुलले ब्राइटनसँग उस्कै घर एमेक्स रङ्गशालामा खेल्न लागेको हो । लिभरपुल ब्राइटनसँग प्रिमियर लिगमा अहिले सम्म पराजित भएको छैन ।

लिभरपुलले अहिले सम्म ब्राइटनसँग ९ खेल खेल्दा २७ गोल गरेको छ भने मात्र सात गोल खाएको छ । लिभरपुललाई भने आफ्नो डिफेन्सका चार खेलाडीको चोटले सताउने पक्का छ ।

ब्राइटनका लागि भने युवा खेलाडी तारिक लाप्टीले अघिल्लो खेलमा रातो कार्ड खाए पछि लिभरपुल विरुद्धको खेल गुमाउने छन् ।

लिभरपुलले वुधबार भएको च्याम्पियन्स लिग अन्तर्गत एट्लान्टा विरुद्धको खेल २-० ले पराजित हुन पुगेको थियो । रक्षापङ्गतीका चारै पहिलो रोजाइका खेलाडी घाइते रहेको लिभरपुलले ब्राइटनसँगको खेलमा पराजित हुने वा बराबरीमा रोकिने हो भने पहिलो स्थान गुमाउने छ ।

यो खेल आज नेपाली समय अनुसार ६:१५ मा सुरु भएको थियो ।

यस्तै अर्को खेलमा बर्नलीले म्यानचेस्टर सिटी विरुद्ध खेल्दै छ ।

बर्नलीले यो सिजनमा एक खेल मात्र जितेको छ । अघिल्लो साता क्रिस्टल प्यालेसलाई १-० ले हराए पछि बर्नलीले यो सिजनको पहिलो तीन अंक आफ्नो हातमा पारेको थियो । सिटी पनि अघिल्लो खेलमा टोटनह्यामसँग २-० ले पराजित भएको थियो ।

सिटी पनि स्टार फर्वार्ड सर्जियो अग्वेरोको चोटको चिन्ता रहने छ ।

यो खेल नेपाली समय अनुसार २०:४५ मा सुरु हुने छ ।

यस्तै आज हुने अन्य खेलहरुमा एवर्टनले लिड्स र वेष्ट ब्रोमले सेफिल्ड युनाइटेडसँग खेल्दै छ ।

Click to comment

Trending