Headline

अभिषेक र मञ्जलीले पाए मोटरसाइकल

Published

on

अखिल नेपाल फुटबल संघले गएको वर्षमा उदयमान युवा खेलाडीहरुलाई दिने घोषणा गरेको मोटारसाइकलहरु आज शुक्रबार भएको एक कार्यक्रममा अभिषेक रिजाल र मञ्जली योन्जनलाई हस्तान्तरण गरेको छ ।

एन्फाले गत वर्षको ‘एन्फा दिवस’ को अवसरमा पुरुषतर्फको उदयमान खेलाडी अभिषेक र महिलातर्फ मन्जलीलाई पुरस्कारको घोषणा गरेको थियो ।

यस्तै एन्फाले अघिल्लो वर्ष नै घोषणा गरेको उत्कृष्ट प्रशिक्षक र लाईफटाइम अचिभमेन्ट अवार्डका बिजेताहरु हरी खड्का र भगिरथ आलेलाई पनि मोटरसाइकल प्रधान गरेको हो ।

त्यस्तै पुरुषतर्फ पूर्व फिफा रेफ्री लव खत्री र महिलातर्फ अस्मिता मानन्धरलाई उत्कृष्ट रेफ्रीबाट पुरस्कृत गर्ने निर्णय गरेको एन्फाले उनीहरुलाई पनि मोटरसाइकल प्रधान गरेको हो ।

एन्फाले हरेक वर्षको बैशाख २२ गतेलाई ‘एन्फा दिवस’को रुपमा मनाउने गरेको छ ।

Click to comment

Trending