Headline

नगरपालिकासँग फुटबल बिकासका लागि एन्फाले गर्‍यो सहकार्य

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबलको विकासका लागि नेपाल नगरपालिका संघसँग आज शुक्रबार सहकार्य गरेको छ ।

एन्फा कार्यालय,सातदोबाटोमा भएको कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नगरपालिका संघ र धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यन्जु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

आज भएको सम्झौतामा एन्फा र नगरपालिका बिच नेपाली फुटबलको बिकास,प्रतियोगिता र अन्य थुप्रै फुटबलका गतिविधीहरुमा सहकार्य गरिने बताइएको छ । दुई वर्षको यो सम्झौतामा एन्फा र नगरपालिकाले फुटबल बिकासमा महत्वपूर्ण योगदान पुर्याउने आशा गरिएको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने यस्ता सम्झौताले एन्फालाई स्थानिय तह सम्म पुग्दै फुटबल बिकासमा सहयोग पुग्ने बताएका छन् ।

नगरपालिकासँग भएको सहकार्यले पूर्वाधार निर्माण, प्रतियोगिता लगायत धेरै क्षेत्रमा सहकार्य भएको भन्दै आफुहरु सम्झौता कार्यान्वयनमा केन्द्रित हुने पनि शेर्पाले बताए ।

Click to comment

Trending