Headline

मनाङ ए र हुम्देको पहिलो दिन जित

Published

on

मनाङ ए र हुम्देले भ्राका नेसाङ फुटबल लिगमा बिजयी शुरुवात गरेका छन् । शुक्रबार भएको उद्घाटन खेलमा हुम्देले आयोजक भ्राका युवा क्लबलाई १–० ले स्तब्ध पार्यो ।

मुङ्गजी गाँउको फुटबल मैदानमा भएको खेल बराबरीतर्फ बढ्दै गर्दा रमेश गुरुङले हुम्देका लागि निर्णायक गोल गरेका थिए । हुम्देका तेन्जिङ गुरुङ म्यान अफ द म्याच भएका थिए ।

अर्को खेलमा मनाङ ए ले पिसाङ युवा क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो । मनाङ ए को जितमा सोनाम ढोन्डुपले दुई गोल गरेका थिए भने अमन खड्का र तेन्जिङ गुरुङले पनि १–१ गोल थपेका थिए ।

समुद्री सतहबाट तीन हजार ३ सय ५० मिटर माथि खेलिने यो प्रतियोगिता सम्भवत नेपालमा सबैभन्दा उचाइमा खेलिएको प्रतिस्पर्धात्मक फटबल प्रतियोगिता मध्ये पर्दछ ।

प्रतियोगिताको आयोजना भ्राका युवा क्लबले गरेको हो । समुह ए मा मनाङ बी र समुह बी मा ङवल टिम प्रतियोगिता अन्य दुई टोली हुन् ।

राउण्ड रोबिन लिगपछि प्रत्येक समुहमा शिर्ष दुई स्थान हात पार्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Click to comment

Trending