Headline

पोलार्डको बिष्फोटक ब्याटिङ्गमा न्युजिल्याण्डलाई १ सय ८० रनको लक्ष्य

Published

on

कायरोन पोलार्डले बिष्फोटक ब्याटिङ्ग गर्दै ३७ बलमै नटआउट ७५ रन बनाएपनि वेष्ट इण्डिजले न्युजिल्याण्डलाई पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय ८१ रनको बिशाल लक्ष्य दिएको छ ।

अकल्याण्डमा बर्षातका कारण १६ ओभरमा छोट्याइएको खेलमा पावरप्लेसम्म खेललाई आफ्नो नियन्त्रणमा राखेपनि पोलार्डले उत्कृष्ट ब्याटिङ्ग गर्दै टिमलाई ७ विकेटको क्षतिमा १ सय ८० रनसम्म डोर्याएका थिए ।

पहिलो फिल्डिङ्ग गरेको न्युजिल्याण्डले आन्द्रै फ्लेचरले दिएको छिटो छरितो शुरुवातलाई पाखा लगाउदै वेष्ट इण्डिजको ५९ रनमा पाँच विकेट झारेको थियो । तर पोलार्डले आफूलाई किन ट्वान्टी ट्वान्टी संरचनामा उत्कृष्ट ब्याट्स्म्यान भनिएको साबित गरि छाडे । उनले फाबियन एलेनसँग छैटौं विकेटका लागि ८४ रनको सझेदारी गरे ।

एलेनको विकेट गएपछि उनले एक्लै वेष्ट इण्डिजको पारी सम्हाले । पोलार्डको इनिङ्गसमा ८ छक्का र तीन चौका सामेल थियो । एलेनले २६ बलमा चार चौका र एक छक्काको मद्दतमा ३० रन बनाए ।

फ्लेचरले १४ बलमा तीन चौका र उति नै छक्कको मद्दतमा वेष्ट इण्डिजलाई पहिलो विकेटका लागि चौथो ओभरभित्र ५८ रनको शुरुवात दिएका थिए । तर त्यसपछि वेष्ट इण्डिजले मात्र एक रन जोड्दै अस्वाभाविक रुपमा पाँच विकेट गुमाएको थियो ।

यस क्रममा लकि फर्गुसनले तीन र टिम साउदीले दुई विकेट लिएका थिए । फर्गुसनले चार ओभरमा २१ रन खर्चदै पाँच विकेट लिए ।

Click to comment

Trending