Headline

मनाङमा ३३ सय ५० मिटर उचाइमा भ्राका नेसाङ फुटबल लिग शुरु

Published

on

मनाङको भ्राका नेसाङमा आजदेखि पहिलो भ्राका नेसाङ फुटबल लिग शुरु हुदैछ । ६ टिम सम्मिलित प्रतियोगिता मुङ्गजी गाँउको फुटबल मैदानमा हुनेछ ।

समुद्री सतहबाट तीन हजार ३ सय ५० मिटर माथि खेलिने यो प्रतियोगिता सम्भवत नेपालमा सबैभन्दा उचाइमा खेलिएको प्रतिस्पर्धात्मक फटबल प्रतियोगिता मध्ये पर्दछ ।

प्रतियोगिताको आयोजना भ्राका युवा क्लबले गरेको हो भने गण्डकी प्रदेशका सभा सदस्य राजीव गुरुङले यसको लागि अग्रसरता लिएका हुन् ।

“यस प्रतियोगिताले यो ठाँउको पहिचान बलियो बनाउन अभै मद्दत पुग्नेछ भने यहाँका स्थानीयलाई खेलमा लाग्न प्रेरित गर्नेछ,” प्रतियोगिता संयोजक मुखिया घले बताउछन् ।

प्रतियोगिताको पहिलो दिन समुह ए मा भ्राका युवा क्लब र हुम्दे टोलीबीच हुनेछ भने समुह बी मा पिसाङ युवा क्लबले मनाङ ए खेल्ने छन् । समुह ए मा मनाङ ए र समुह बी मा ङवल टिम प्रतियोगिता अन्य दुई टोली हुन् ।

राउण्ड रोबिन लिगपछि प्रत्येक समुहमा शिर्ष दुई स्थान हात पार्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Click to comment

Trending