Headline

एम्बुलेन्स समयमा नआएको भन्दै छानबिन गर्न म्याराडोनाको वकिलको माग

Published

on

डिएगो म्याराडोनाका लामो समयदेखिका वकिल सँग–सँगै एजेन्ट पनि रहेका मटियास मोर्लाले फुटबलका हस्ती घरमा एम्बुलेन्स समयमै किन नआइपुगेको भन्दै छानबिन गर्न माग गरेका छन् ।

म्याराडोनाका प्रवक्ता सेबास्चियन साच्चीका अनुसार उनको ६० वर्षको उमेरमा मंगलबार हृदयघातका कारण मृत्यु भएको थियो । सान ईसिद्रो जिल्ला वकिलको कार्यालयको रिपोर्ट अनुसार म्याराडोनाको घरमा एम्बुलेन्स पुग्न आधा घन्टाभन्दा बढी लागेको बिषयमा उनले शंका ब्यक्त गरेका छन् ।

उनले यो घटनालाई “आपराधिक मुर्खता” समेत भनेका छन् । “म यो घटनालाई नदेखे जस्तो गर्न सक्दिन र भन्न चाहन्छु कि प्रहरीले यो घटनाको पूर्ण हदसम्म अनुसन्धान गर्नेछ,” उनले थपे ।

म्यारोडोनाले अर्जेन्टिनालाई १९८६ को विश्वकप जिताएका थिए भने १९९० को विश्वकपको फाइनल पुर्याएका थिए । उनलाई अर्जेन्टिनामा लाखौं मानिसले पुज्ने गरेका छन् भने इटालीको नेपल्समा पनि उनलाई भगवान मान्ने गरिन्छ ।

म्यारोडोनालाई अन्तिम पटक हेर्न बिहीबार राजधानी बुनोस आएर्समा रहेको राष्ट्रपति महल बहिर हजारौँ मानिसहरु जम्मा भएका थिए ।

Click to comment

Trending