Headline

युरोपा लिगः लेस्टर, आर्सनल, टोटेन्ह्याम दोश्रो चरणमा, नापोलीको म्याराडोनालाई बिशेष सम्मान

Published

on

युरोपा लिगमा रियेकालाई २–० ले पराजित गर्दै नापोलीले आफ्ना अर्जेन्टिनी आइकन डिएगो म्याराडोनाको मृत्यु पछि पहिलो खेल खेल्दै उनलाई बिशेष सम्मान दिएको छ ।

जेनारो गाट्टुसोको टोलीका सम्पूर्ण खेलाडीहरुले म्याराडोनाको १० नम्बरको जर्सी लगाएर मैदानमा उत्रदै निकै कमजोर नापोलीलाई १९८७ र १९९० को इटालियन सिरी आ च्याम्पियन बनाएका पुर्व स्टारलाई सम्झिएको थियो । म्याराडोनाले नापोलीलाई १९८९ को युएफा कप (त्यो समयको च्याम्पियन्स लिग) पनि जिताएका थिए ।

डिएगो लिजेण्ड थिए र कहिल्यै पनि मर्ने छैनन् । नापोली शहरले हिजोदेखि फरक वातावरणमा स्वास फेरिरहेको थियो । हामी उनलाई बिशेष सम्मान दिदै उपाधि नै जित्न चाहन्छौं । यो शहरमा हामीले यस बिषयमा धेरै बर्षदेखि कुरा गर्दै आइरहेका छौं, गाट्टुसोले भने ।

म्याराडोनालाई सम्मान दिनका लागि नेपल्समा स्टेडियमबाहिर उपस्थित हजारौं समर्थकलाई नापालीले निराश बनाएन । अर्मान्डो एनास्टासियोको आत्मघाती गोल र हर्भिङ्ग लोजानोको उत्कृष्ट फिनिसिङ्गमा नापोली सहज जित हात पार्दै समुह एफमा शिर्ष स्थानमा उक्लियो । अल्कमार र रियल सोसिडाडले गोलरहित बराबरी खेलेपछि नापोली दुई क्लबसँग दुई अंकको दुरीमा रहेको छ ।

अर्को इटालियन टोली एएस रोमा भने रोमानियन क्लब क्लुजलाई २–० ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गर्यो । होफेन्हाइमले पनि समह एल बाट दोश्रो चरणमा स्थान बनायो ।

इङ्गलिस क्लबहरु आर्सनल, लेस्टर सिटी र टोटेन्ह्याम हट्स्परले पनि अन्तिम ३२ मा स्थान बनाएका छन् । लेस्टरलाई ब्रागाबिरुद्धको ३–३ गोलको बराबरी पर्याप्त थियो भने आर्सनलले मोल्डेलाई ३–० ले हरायो । टोटेन्ह्यामले बेल्जियन टोली रोयल एन्टवर्पलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो ।

Click to comment

Trending