IPL

बेंगलोरको लज्जासपद हार, प्ले-अफ यात्रा कठिन बन्दै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को ५२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोर सनराईजर्स हैदराबादसँग पाँच विकेटको अन्तरले पराजित भएको छ ।

आजको हार पछि बेंगलोरको प्ले-अफ यात्रा कठिन बनेको छ । १३ खेलमा १४ अंक सहित अंक तालिकाको दोश्रो स्थानमा रहे पनि बेंगलोरले प्ले-अफमा पुग्न आफ्नो अन्तिम खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्न पर्ने हुन्छ । अन्तिम खेलमा पनि बेंगलोर पराजित भए पनि उसको गणितीय सम्भावना भने बाँकी नै रहन्छ ।

त्यस्तै आजको खेलमा जित हात पार्दै हैदराबाद अंक तालिकाको चौथों स्थानमा उक्लिएको छ र आफ्नो प्ले-अफको सम्भावनालाई पनि जीवितै राख्न सफल भएको छ । हैदराबादले प्ले-अफमा स्थान बनाउन आफ्नो अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्न पर्ने हुन्छ ।

जितका लागि १२१ रनको झिनो लक्ष्य पक्ष्याएको हैदराबादले १४ दशमलब एक ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा जित दर्ता गरायो ।

हैदराबादको जितमा ओपनर रिद्दीमन शाहले सर्वाधि ३९ रन बनाए भने मनिष पाण्डेले पनि २६ रनको पारी खेले । त्यस्तै अविजित रहेका जेसन होल्डरले १० बलमा अविजित २६ रनको योगदान दिए ।

बेंगलोरका युज्बेन्द्र चाहालले सर्वाधिक दुई विकेट हात पारे ।

यस अघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १२० रन भन्दा बनाउन सकेन ।

प्ले-अफको यात्रा सुनिश्चित गर्न आजको खेलमा जित निकाल्नै पर्ने भए पनि बेंगलोरले निकै खराब सुरुवात गर्यो । उसको ओपनर देवदत्त पडिकल मात्र पाँच रन तथा कप्तान बिराट कोहली पनि सात रन बनाएर सन्दिप शर्माको शिकार भए । चौथों नम्बरमा ब्याटिङ गर्न आएका एबी डि भिलियर्स र जश फिलिप्पे पनि क्रमश २४ र ३२ रन बनाएर पेभेलियन फर्किए ।

त्यस्तै बेंगलोरका अन्य ब्याट्सम्यानहरुमा वाशिंगटन सुन्दरले २१ रन, क्रिस मोरिसले पाँच रन, इसरु उडाना गोल्डेन डक-आउट भए भने गुरकिरत सिंह १५ तथा मोहम्मद सिराज दुई रनमा अविजित रहे ।

बेंगलोरलाई सस्तैमा रोक्ने क्रममा सन्दिप शर्मा र जेसन होल्डरले समान २-२ विकेट हात पारे । समान ४-४ ओभर बलिङ गरेका शर्मा र होल्डरले क्रमश २० र २७ रन खर्चिए ।

यस अघि भएको पहिलो लेगमा बेंगलोरले हैदराबादलाई १० रनले पराजित गरेको थियो ।बेंगलोरले दिएको १६४ रनको लक्ष्य पक्ष्याएको हैदराबादले १९ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो ।

Click to comment

Trending