Headline

जियाचको गोलमा चेल्सी बिजयी

Published

on

प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा चेल्सीले बर्नलीलाई ३-० गोलले हराएको छ ।

चेल्सीका लागि हाकिम जियाच,कर्ट जोउमा र टिमो वर्नरले एक-एक गोल गरेका थिए ।

चेल्सीका लागि पहिलो गोल हाकिम जियाचले गरेका थिए । २६ औँ मिनेटमा ट्यामी अब्राहमको पासमा हाकिम जियाचले चेल्सीका लागि प्रिमियर लिगमा पहिलो गोल गरेका थिए ।

पहिलो हाफ १-० ले सकिएको खेलमा दोस्रो हाफमा भने अर्को दुई गोल गरेको थियो । चेल्सीका लागि दोस्रो गोल ६३ औँ मिनेटमा कर्ट जोउमाले हेडर मार्फत गरेका थिए ।

चेल्सीका लागि तेस्रो गोल भने टिमो वर्नरले गरेका थिए । हाकिम जियाचको पासको सदुपायोग गर्दै वर्नरले चेल्सीलाई ३-० को अग्रता दिएका थिए ।

जितसँगै चेल्सी चौथों स्थानमा उक्लिएको छ ।

आजै भएको अघिल्लो खेलमा भने म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई १-० ले हराएको छ । सिटीका लागि निर्णायक गोल काएल वाल्करले गरेका थिए ।

आजै हुने अर्को खेलमा भने लिभरपुलले वेष्ट ह्यामको सामना गर्दै छ । खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुने छ ।

Click to comment

Trending