Headline

हुएस्कालाई पराजित गर्दै रियल शिर्ष स्थानमा

Published

on

हुएस्कालाई ४-१ गोलले पराजित गर्दै रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ ।

रियलको जितमा एडेन हजार्डले सिजनको पहिलो गोल गरेका थिए भने करीम बेन्जेमामाले दुई र फेड्रिको भाल्भेर्डेले अर्को एक गोल गरेका थिए ।
हुएस्काका लागि भने डेभिड फेरेरोले एक गोल फर्काएका थिए ।

खेलको पहिलो गोल रियल म्याड्रिडले गरेको थियो । रियलका लागि पहिलो गोल ४० औँ मिनेटमा एडेन हजार्डले गरेका थिए । त्यस्को पाँच मिनेट पनि नबित्दै कारीम बेन्जेमाले रियलका लागि दोस्रो गोल गरेका थिए ।

पहिलो हाफमा २-० गोलको अग्रता लिएको रियलले दोस्रो हाफको ५४ औँ मिनेटमा अर्को गोल गरेको थियो । रियललाई ३-० को अग्रता दिने क्रममा फेड्रिको भाल्भर्डेले गोल गरेका थिए ।

७४ औँ मिनेटमा भने हुएस्काले एक गोल फर्काएको थियो । हुएस्काका लागि डेभिड फेरेरोले गोल गरे पनि टोलीलाई हारबाट भने जोगाउन सकेनन् ।

९० औँ मिनेटमा भने बेन्जेमाले व्यक्तिगत दोस्रो र रियलका लागि चौँथो गोल गर्दै जित सुनिश्चित गराएका थिए ।

जितसङै रियल शिर्ष स्थानमा उक्लिएको छ भने दोस्रोमा रियल सोसिएड रहेको छ ।

Click to comment

Trending