IPL

हैदराबाद विरुद्ध बेंगलोर पहिले ब्याटिङमा

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को ५२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले पहिले ब्याटिङ गर्ने भएको छ । शारजाह क्रिकेट रंगशालामा सनराईजर्स हैदराबादले टस जितेर बेंगलोरलाई ब्याटिङ गर्न लगाएको हो ।

आजको खेलमा बेंगलोरले दुई र हैदराबादले एक परिवर्तन गरेको छ ।

१२ खेल खेलेको बेंगलोर १४ अंकका साथ अंक तालिकाको दोश्रो स्थानमा छ भने १२ खेल नै खेलेको हैदराबाद १० अंकका साथ अंक तालिकाको सातौं स्थानमा छ ।

आजको खेलमा जित निकालेको खण्डमा बेंगलोरले प्ले-अफको यात्रा तय गर्नेछ भने हार व्यहोरेको खण्डमा आफ्नो अन्तिम लिग खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्न पर्ने हुन्छ । हैदराबादले आफ्नो प्ले-अफको सम्भावना कायमै राख्न आजको खेलमा बेंगलोरलाई पराजित गर्नै पर्ने हुन्छ । आज हैदराबाद पराजित भएमा प्रतियोगिताबाट बाहिरिने छ ।

यस अघि भएको पहिलो लेगमा बेंगलोरले हैदराबादलाई १० रनले पराजित गरेको थियो ।बेंगलोरले दिएको १६४ रनको लक्ष्य पक्ष्याएको हैदराबादले १९ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो ।

Click to comment

Trending