IPL

बोल्ट र बुम्राको उत्कृस्ट बलिङमा मुम्बईलाई १११ रनको झिनो लक्ष्य

Published

on

ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राले घातक बलिङ गर्दा इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो १३ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १११ रनको झिनो लक्ष्य दिएको छ ।

दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस हारेरपहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा ११० रन मात्र बनाउन सक्यो ।

दिल्लीको तर्फबाट कप्तान श्रेयस ऐयर २५, रिशब पन्त २१, रविचन्द्रन अश्विन १२, शिम्रोन हेटमायर ११ तथा पृथ्वी श १० रन बनाएर आउट भए भने कागिसो रबाडाले अविजित १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दिल्लीका ओपनर शिखर धवन शुन्य रनमा पहिलो ओभरको तेश्रो बलमा तथा अर्का ओपनर पृथ्वी श तेश्रो ओभरको अन्तिम बलमा ट्रेन्ट बोल्टको शिकार हुँदा दिल्लीले तीन ओभरमा १५ रनको अवस्थामा दुई विकेट गुमाएर खराब सुरुवात गर्यो ।

कप्तान श्रेयस ऐयर र विकेट किपर ब्याट्सम्यान रिशब पन्तले तेश्रो विकेटका लागि ३५ रन जोड्दै दिल्लीको पारी सम्हाल्ने प्रयास गरे । तर उनीहरुको विकेटको पतन पछि दिल्ली सम्हालिन सकेन र सानो योगफलमा चित्त बुझाउन बाध्य भयो ।

दिल्लीलाई सस्तैमा रोक्ने क्रममा ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राले समान ३-३ विकेट हात पारे । समान चार चार ओभर बलिङ गरेका उनीहरुले क्रमश २१ र १७ रन मात्र खर्चिए ।

आजको खेलमा मुम्बईले दुई परिवर्तन गरेको छ भने दिल्लीले तीन परिवर्तन गरेको छ । मुम्बईले अलराउण्डर हार्दिक पान्ड्यालाई बिश्राम दिएको छ भने उनको स्थानमा जयन्त यादव तथा जेम्स प्याटिनसनको स्थानमा नाथन काउल्टर नीलले सुरुवाती ११ मा स्थान बनाएका छन् ।

दिल्लीले आजको खेलमा लेग स्पिनर प्रविन दुबेको साथै पृथ्वी श र हर्षल पटेललाई आफ्नो सुरुवाती ११ मा स्थान दिएको छ । अमित मिश्रा घाइते भए पछि टोलीमा आबद्ध भएका दुबे आजको खेलमा आईपीएलमा डेब्यु गर्दै छन् । यस अघिका १२ खेलमा जस्तै सन्दिपले आजको खेलमा पनि बेञ्चमा नै समय बिताउन पर्ने भएको छ ।

मुम्बई १२ खेलमा १६ अंक सहित अंक तालिकाको पहिलो स्थानमा छ भने १२ खेल नै खेलेको दिल्ली १४ अंक सहित अंक तालिकाको तेश्रो स्थानमा छ । दिल्ली र रोयल च्यालेन्जर्स बेंगलोरको समान १४-१४ अंक रहे पनि नेट रन रेटका आधारमा बेंगलोरले दोश्रो स्थानमा पकड जमाउन सकेको हो ।

मुम्बई यस अघि नै प्ले-अफमा पुगी सकेको छ । आजको खेलमा जित हात पारेको खण्डमा दिल्लीले प्ले-अफमा स्थान सुरक्षित गर्नेछ भने हारको सामना गरेमा आफ्नो अन्तिम खेलमा जित हात पार्न पर्ने हुन्छ ।

अघिल्लो नौं खेलमा जित निकाल्दै प्ले-अफ नजिक पुगेको दिल्लीले पछिल्लो तीन खेलमा भने हारको सामना गर्न पुगेको थियो । पछिल्लो तीन खेलमा दिल्ली पन्जाबसँगपाँच विकेटले तथा कोलकाता नाइट राईडर्ससँग ५९ र सनराईजर्स हैदराबादसँग ८८ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो ।

मुम्बईले भने पछिल्लो तीन खेल मध्य दुईमा जित दर्ता गराउँदा एक खेलमा भने परजित हुन पुगेको थियो । मुम्बईले चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरलाई क्रमश १० र पाँच विकेटले पराजित गरेको थियो भने राजस्थान रोयल्ससँग आठ विकेटले पराजित हुन पुगेको थियो ।

पहिलो लेगमा दिल्ली मुम्बईसँग पाँच विकेटले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १६२ रन मात्र बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको मुम्बईले १९ दशमलब चार ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा जित हात पार्यो ।

Click to comment

Trending