IPL

प्ले-अफको लक्ष्य सहित दिल्ली मुम्बईको सामना गर्दै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ५१ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार अहिले दिउँस ३:४५ बजे सुरु हुनेछ ।

मुम्बई १२ खेलमा १६ अंक सहित अंक तालिकाको पहिलो स्थानमा छ भने १२ खेल नै खेलेको दिल्ली १४ अंक सहित अंक तालिकाको तेश्रो स्थानमा छ । दिल्ली र रोयल च्यालेन्जर्स बेंगलोरको समान १४-१४ अंक रहे पनि नेट रन रेटका आधारमा बेंगलोरले दोश्रो स्थानमा पकड जमाउन सकेको हो ।

मुम्बई यस अघि नै प्ले-अफमा पुगी सकेको छ । आजको खेलमा जित हात पारेको खण्डमा दिल्लीले प्ले-अफमा स्थान सुरक्षित गर्नेछ भने हारको सामना गरेमा आफ्नो अन्तिम खेलमा जित हात पार्न पर्ने हुन्छ ।

अघिल्लो नौं खेलमा जित निकाल्दै प्ले-अफ नजिक पुगेको दिल्लीले पछिल्लो तीन खेलमा भने हारको सामना गर्न पुगेको थियो । पछिल्लो तीन खेलमा दिल्ली पन्जाबसँगपाँच विकेटले तथा कोलकाता नाइट राईडर्ससँग ५९ र सनराईजर्स हैदराबादसँग ८८ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो ।

मुम्बईले भने पछिल्लो तीन खेल मध्य दुईमा जित दर्ता गराउँदा एक खेलमा भने परजित हुन पुगेको थियो । मुम्बईले चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरलाई क्रमश १० र पाँच विकेटले पराजित गरेको थियो भने राजस्थान रोयल्ससँग आठ विकेटले पराजित हुन पुगेको थियो ।

पहिलो लेगमा दिल्ली मुम्बईसँग पाँच विकेटले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १६२ रन मात्र बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको मुम्बईले १९ दशमलब चार ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा जित हात पार्यो ।

Click to comment

Trending