Headline

किन ट्विटर चलाउदैनन् मेस्सी ?

Published

on

लियोनल मेस्सी एक स्टार हुन वा भनौँ एक सर्वकालिन उत्कृष्ट खेलाडी तर विश्वका ग्लोबल आइकनहरु नेमार र क्रिष्चियानो रोनाल्डो र अन्य कुनै स्टार खेलाडीले जस्तो उनी ट्विटर चलाउदैनन् ।

अहिलेको समयमा आफ्नो समर्थक बढाउन ट्विटर,फेसबुकमा र इन्स्टाग्रामले ठुलो भूमिका खेल्ने गर्छन् । मानिसहरु आफ्नो मन पर्ने खेलाडीलाई लाइक र फलो गर्न भए पनि बिभिन्न सामाजिक संजालको खाता बनाउने गर्छन् ।

मेस्सीको बिषयमा पनि यस्तै छ । उनका समर्थकहरुले लियोनल मेस्सीको अधिकारिक अकाउन्टमा लाइक र फलो गर्नका लागि फेसबुक र इन्स्टाग्राममा मात्र लग इन गरे पुग्छ किन भने मेस्सी ट्विटर नै चलाउदैनन् । तर किन होला २०२० को यो डिगिटल युगमा पनि मेस्सीले ट्विटर प्रयोग नगरेका ?

किन प्रयोग गर्दैनन् मेस्सीले  ट्विटर ?

लियोनल मेस्सीले आफुले यो कारणले ट्विटर नचलाएको भन्दै कहिले खुलेर भनेका छैनन् । तर हामीले यो अनुमान लाउन सक्छौँ कि मेस्सी मोबाइल फोनमा भन्दा पनि बढी आफ्नो जिन्दगीसँग रमाइलो गरिरहेका हुन्छन् । उनी आफ्नो जीवन समाजिक संजालको प्रोफाइल भन्दा बढी फुटबलको मैदानमा बढी रुचाउछन् ।

क्रिष्चियानो रोनाल्डोलाई नै हेर्ने हो भने उनी ट्विटर र इन्स्टाग्राममा एक खुल्ला किताब सरह पोस्ट गर्दै आएका छन् । उनी आफ्नो भव्य जीवनशैलीलाई फेसबुक,इन्स्टाग्राम र ट्विटरमा फोटो र रमाइलो क्याप्सन सहित पोस्ट गर्दै आएका छन् । एक दिन त रोनाल्डोले आफ्नो कोरोना भाईरसको परीक्षणमा लगतार नतिजा पोजेटिभ आए पछी इन्स्टाग्रामको कमेन्टमै ‘पीसीआर इज बुल****’ पनि लेखिदिएका थिए ।

तर मेस्सीको सामाजिक संजल जीवन भने यस्तो केही छैन । उनी आफ्नो जीवन सके सम्म साधारण राख्न खोज्छन । फेसबुक र इन्स्टाग्राममा पनि फाट्ट-फुट्ट् आफ्नो छोराहरुको फोटो बाहेक सबै फुटबल खेलेका फोटो राख्ने मेस्सी आफ्नो जीवन निकै निजी राख्न रुचाउछन् ।

उनी यती सम्म निजी छन् कि उनको लामो अन्तर्वाता एक बर्षमा एक पटक आउने गर्छ । उनले बार्सिलोना छोड्ने जस्तो ठुलो हल्ला चलिरहदा पनि उनले एउटा मात्र अन्तर्वाता दिएका थिए ।

कुन समाजिक संजाल चलाउछन् मेस्सी ?

मेस्सीको अधिकारिक ट्विटर एकाउन्ट नभए पनि एडीडासले आफ्नो स्पोर्ट्सवेयर ब्रान्डसँग मेस्सीको ब्रान्ड साझेदारीमा मद्धत पुराउन बनाएको टिममेस्सी नामक ट्विटर ह्यान्डल भने रहेको छ । जस्ले मेस्सीको नयाँ बुट बाहेक अन्य कुनै जानकारी पोस्ट नै गर्दैन ।

मेस्सीले इन्स्टाग्राममा भने कहिले काँही पोस्ट गरिरहेका हुन्छन् । आफुले खेलेको खेल हानेको पेनाल्टी र गरेको गोलको बाहेक मेस्सीको इन्स्टाग्राम एकाउन्टमा थोरै उनको छोराहरु र श्रीमतीको फोटो रहेको छ ।

उनी आर्जेन्टिना र एडिडाससँगको प्रायोजनका लागि खिचेका फोटोहरु पनि कमै पोस्ट गरिरहेका हुन्छन् ।

मेस्सीको इन्स्टाग्राममा यो लेख लेख्दा सम्ममा १६८ फल्लोवर्स रहेका छन् ।

सादा जीवन उच्च बिचार राख्ने मेस्सीलाई रोनाल्डोसँग इन्स्टाग्राममा पनि तुलना गर्ने हो भने चाँही मेस्सी रोनाल्डो भन्दा २४१ मिलियन फलोवर्स पछाडि रहेका छन् ।

मेस्सीको फेसबुक भने उनको सामाजिक संजाल हेर्ने कम्पनीले चलाउने गर्छ जस्मा ९० मिलियन लाइक रहेको छ ।

 

Click to comment

Trending