Headline

प्रिमियर लिग आज : वेष्ट ह्याम विरुद्ध खेल्दै लिभरपुल, बर्नलीको सामना गर्दै चेल्सी

Published

on

प्रिमियर लिग अन्तर्गत आज हुने खेलमा साविक बिजेता लिभरपुलले वेष्ट ह्याम विरुद्ध खेल्दै छ ।

पछिल्ला आठ खेलमा वेष्ट ह्यामसँग अपराजित रहेको लिभरपुल अन्तिम पटक २०१५/२०१६ को सिजन लन्डन स्टेडियममा पराजित हुन पुगेको थियो ।

भान डाइकले लामो समयका लागि बोकेको चोटका कारण उनको स्थानमा प्रशिक्षक योर्गन क्लोपले खेलाउदै आएका मिड्फिल्डर फाबिन्हो पनि च्याम्पियन्स लिगमा मिजील्याण्ड विरुद्धको खेलमा ह्यामस्ट्रिङ्गको चोट बोक्न पुगे पछी लिभरपुलको डिफेन्समा युवा खेलाडीले मौका पाउने देखिन्छ ।

वेष्ट ह्यामले लिभरपुलको युवा खेलाडीको कम अनुभवी डिफेन्सको फाईदा उठाउने हो भने तीन अंक आफ्नो बनाउन सक्ने छ ।

अघिल्लो खेलमा म्यानचेस्टर सिटीलाई १-१ को बराबरीमा रोकेको वेष्ट ह्यामलाई लिभरपुलले कम आक्न सक्दैन ।

खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुने छ ।

अर्को खेलमा भने चेल्सीले बर्नली विरुद्ध खेल्दै छ ।

यस सिजन प्रिमियर लिगमा ठुलो नाम आफ्नो क्लबमा भित्र्याएको चेल्सीले प्रिमियर लिगमा भने खासै प्रभाव पार्न सकेको छैन ।

फ्रांक लाम्पार्डको प्रशिक्षणमा रहेको चेल्सीले प्रिमियर लिगको पाँच खेलमा दुईमा जित दुईमा बराबरी र एकमा हार बेहोरेको छ ।

बर्नली विरुद्ध चेल्सीले राम्रो नतिजा नल्याउने हो भने प्रशिक्षक लाम्पार्डलाई दवाव आउने निश्चित छ । पछिल्ला १२ खेलमा चेल्सीसँग एक खेल मात्र
जितेको बर्नलीले २०१७ मा स्टामफोर्ड ब्रिजमा एक खेल जितेको थियो ।

अघिल्लो सिजनको खेलमा बर्नली विरुद्ध ह्याट्रिक गरेका क्रिष्चियन पुलिसीचले यो पटक पनि सुरुवाती ११ मा स्थान बनाउन सक्ने छन् ।

खेल नेपाली समय अनुसार ८:४५ मा सुरु हुने छ ।

Click to comment

Trending