Headline

ब्याटले आफ्नै खुट्टामा हान्दा उछिट्टिएपछि गेललाई कारवाही

Published

on

वेष्ट इण्डिज ब्याट्स्म्यान क्रिस गेलले शुक्रबार इण्डियन प्रिमियर लिगको खेलमा मात्र एक रनले शतक बनाउन चुक्दा फ्रस्ट्रेसन देखाउदा महँगो परेको छ ।

किंग्स इलेभने पञ्चाबका लागि खेलिरहेका गेल राजस्थान रोयल्सबिरुद्ध अन्तिम ओभरमा शतक नजिक रहेपनि उनलाई जोफ्रा आर्चरले बोल्ड गरेका थिए । लेग स्टम्पतर्फ गइरहेको बल गेलले प्रहार गर्न खोज्दा उनको बाया खुट्टामा लाग्दै उनी दुर्भाग्यपूर्ण रपमा आउट भएका थिए ।

आउट भएलगत्तै गेलले फ्रस्ट्रेसनमा ब्याटले आफ्नो खुट्टामा हान्न खोज्दा ब्याट हातबाट चिप्लिएर मिडविकेटतर्फ उडेको थियो । जाना जान गर्न नखोजेपनि क्रिकेट साधनलाई क्षति पुग्ने जस्तो हर्कत देखिएपछि उनलाई आईपिएल आयोजकले १० प्रतिशत म्याच फि जरिवाना गरेका थिए ।

गेलले आफ्नो गल्ति पनि स्विकारिसकेका छन् । ४१ बर्षिय गेलले यो सबै भइसकेको केही सेकेण्डमै आर्चरसँग हात पनि मिलाएका थिए । मैदानमा रहेका सबैलाई गेलले जाना जान नगरेको ज्ञान भइसकेको थियो ।

शुक्रबार ९९ मा आउट हुदा गेलले ट्वान्टी–ट्वान्टी क्रिकेटमा आफ्नो २३ औं शतक पुरा गर्न चुकेका थिए । उनको इनिङ्गस पञ्जावको हार टार्न पर्याप्त भने थिएन । खेलमा राजस्थान सात विकेटले बिजयी भएको थियो ।

Click to comment

Trending