Headline

उल्भ्स प्रिमियर लिगमा तेश्रोमा उक्लियो

Published

on

क्रिष्टल प्यालेसलाई २–० ले हराउदै उल्भ्स इङ्गलिस प्रिमियर लिगमा तेश्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा उल्भ्सलाई सहज जित दिलाउने क्रममा डेब्यु गरेका टिनेज खेलाडी रायन एत–नुरी र कास्टेलो पोडेन्सले १–१ गोल गरेका थिए । उल्भ्सको एभर्टन र लिभरपुलसँगै समान १३ अंक रहेको छ तर गोल अन्तरले भने तेश्रोमा रहेको हो । एभर्टन शिर्षस्थानमा रहेको छ ।

उल्भ्सले २७ मिनेटमै दुई गोलको अग्रता लिएपछि त्यसलाई काम गर्न सफल भएको थियो । लिग वान टोली एंजर्सबाट लोनमा आएका फ्रेञ्च अण्डर–२१ लेफ्ट–ब्याक एत–नुरीले १८ औं मिनेटमै चेखु कुयाटेले क्लियर गरेको बलमा गोल गरिदिएका थिए ।

९ मिनेटपछि पेद्रो नेटोको पासमा पोर्चुगिज विङ्गर पोडेन्सले गोल गरे । यसबाहेक उल्भ्सले पहिलो हाफमै गोल गर्ने अन्य दुई मौका पनि गुमाएको थियो । सात खेलमा उल्भ्सको यो चौथो जित हो ।

Click to comment

Trending