Headline

अन्तत: १९ दिन पछि रोनाल्डो भए कोरोना मुक्त

Published

on

चौँथो पटकको परीक्षणमा नतिजा नेगेटिभ आए पछि क्रिष्चियानो रोनाल्डो १९ दिन पछि कोरोना मुक्त भएका छन् ।

कोरोना मुक्त भएको नतिजा आउने बितिकै उनी टुरिन स्थित युभेन्टसको अभ्यास स्थल पुगेका थिए ।

रोनाल्डोले १९ दिनको बिचमा चार खेल गुमाएका थिए । बार्सिलोना विरुद्ध पनि कोरोना भाईरसका कारण खेल गुमाएका रोनाल्डोले क्याम्प नोउमा हुने अर्को खेल भने खेल्ने निश्चित भएको छ ।

दुई साता अघि पोर्चुगिज फुटबल संघले सुपरस्टार फुटबलर क्रिष्चियानो रोनाल्डोलाई कोरोना भाईरस संक्रमण भएको बताएको थियो ।

३५ बर्षिय रोनाल्डोले प्रशिक्षण स्थल छोड्दै आइसोलेसनमा गएका थिए । नेसन्स लिग अन्तर्गत फ्रान्स विरुद्धको खेल सकिए पछि भएको कोरोना भाईरसको परिक्षणजो नतिजामा उनको परीणाम पोजेटिभ आएको थियो ।

दोस्रो र तेस्रो पटक पनि नतिजा पोजेटिभ आए पनि रोनाल्डोले उनलाई कोरोना भाइरसको कुनै पनि लक्षण देखा नपरेको र आफु स्वास्थ्य रहेको बताएका थिए ।

 

Click to comment

Trending