अन्तर्राष्ट्रिय

अफ्रिदीले पाँच विकेट लिँदा टेलरको शतक खेर गयो

Published

on

तिब्र गतिका बलर शाहिन शाह अफ्रिदीले घातक बलिङ गर्दै पाँच विकेट लिए पछि ब्रेन्डन टेलरको शतकको बाबजुद पाकिस्तानले जिम्बाब्वे माथि २६ रनको सानदार जित हात पारेको छ । यस जितसँगै पाकिस्तानले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

पाकिस्तानले दिएको २८२ रनको लक्ष्य लिएर ब्याटिङमा आएको जिम्बाब्वेले ४९ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर २५५ रन मात्र बनाउन सक्यो ।

चौथों नम्बरमा ब्याटिङ गर्न आएका ब्रेन्डन टेलरले ११६ बल खेल्दै ११ चौका र तीन छक्काको मद्धतमा सर्वाधिक ११२ रन बनाए पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन् । टेलर बाहेक वेस्ली माधेवेरेले ६१ बलमा ५५ रन तथा क्रेग एर्विनले पनि ४१ रनको पारी खेले ।

जिम्बाब्वेको पारी ध्वस्त पार्ने क्रममा पाकिस्तानका शाहिन शाह अफ्रिदीले सर्वाधिक पाँच विकेट हात पारे भने वहाब रियाजले आफ्नो आफ्नो नाममा चार विकेट दर्ता गराए । १० ओभर बलिङ गरेका अफ्रिदीले ४९ रन खर्चिए भने रियाजले नौं दशमलब चार ओभरमा ४१ रन खर्चिए ।

यस अघि ह्यारिस सोहेल र इमाम उल-हकले अर्ध शतक प्रहार गरे पछि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले आठ विकेट गुमाएर २८१ रन बनायो ।

पाकिस्तानको तर्फबाट सोहेलले ८२ बलमा सर्वाधिक ७१ रन बनाए भने ओपनर उल हकले पनि ५८ रनको पारी खेले । त्यस्तै इमाद वासिमले आठौँ नम्बरमा ब्याटिङ गरे अविजित ३४ रनको योगदान दिए ।

Click to comment

Trending