IPL

टस हारेर पन्जाब पहिले ब्याटिङमा 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ५० औं खेलमा किंग्स ११ पन्जाबले राजस्थान रोयल्स विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । शेख जायद क्रिकेट रंगशाला, अबुधबीमा राजस्थानले टस जितेर पन्जाबलाई ब्याटिङ गर्न लगाएको हो ।

आजको खेलमा पन्जाबले कुनै पनि परिवर्तन गरेको छैन भने राजस्थानले एक मात्र परिवर्तन गरेको छ । अंकित राजपुतको स्थानमा वरुण आरोनले सुरुवाती ११ मा स्थान बनाएका छन् ।

पन्जाब १२ खेल खेल्दै छ जितका साथ अंक तालिकाको चौथों स्थानमा छ भने १२ खेलमा नै पाँच जित दर्ता गराएको राजस्थान १० अंक सहित अंक तालिकाको सातौं स्थानमा रहेको छ । पन्जाबले छ खेलमा हारको सामना गरेको छ भने राजस्थानले सात खेलमा पराजय भोगेको छ ।

पन्जाबले आजको खेलमा जित निकालेको खण्डमा प्लेअफबाट एक कदम टाढा हुनेछ छ भने हार व्यहोरेमा प्ले-अफमा पुग्नका लागि अरुको नतिजामा निर्भर रहनु पर्ने छ । राजस्थानले भने प्ले-अफको आशा जीवित राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा पराजित भएमा प्रतियोगिताबाट बाहिरिने छ भने प्ले अफमा पुग्न आजको र आफ्नो अन्तिम खेलमा जित दर्ता गराउन पर्नेछ ।

यस अघि भएको पहिलो लेगमा राजस्थानले पन्जाब माथि चार विकेटको रोमान्चक जित हात पारेको थियो । पन्जाबले दिएको २२४ रनको लक्ष्य राजस्थानले १९ दशमलब तीन ओभरमा छ विकेटको नोक्सानीमा जित दर्ता गराएको थियो ।

 

 

 

Click to comment

Trending