Headline

युरोपा लिग राउण्ड–अपः टोटेन्ह्याम स्तब्ध, मिलान आर्सनलको सहज जित

Published

on

होजे माउरिन्होको टोटेन्ह्याम हट्स्पर युरोपा लिग अन्तर्गत बिहिबारको खेलमा बेल्जियन टोली रोयल एन्टवर्पसँग १–० ले स्तब्ध भएको छ । बिहिबारकै अन्य खेलमा इटालियन क्लब एसि मिलान र अर्को इङ्गलिस टोली आर्सनलले सहज जित हात पारेका छन् ।

स्पर्सले खेल अवधिभर सम्झनयोग्य प्रदर्शन गर्न सकेन भने रियल म्याड्रिडबाट लोनमा आएका स्ट्राइकर ग्यारेथ बेल एक घण्टा भन्दा कम समय खेल्दै सब्स्टिच्युट भएका थिए । पहिलो हाफ लगत्तै माउरिन्होले चार परिवर्तन गरेका थिए र आफ्नो ११ खेलाडी नै परिवर्तन गर्ने चाहना रहेको बताएका थिए ।

“म ११ वटा सब्स्टिच्युट गर्न चाहन्थे । तर मैले पाँच वटा पनि गरिन किनभने मलाई ४५ मिनेटको समय पनि लामो लागेको थियो । म अन्य खेलाडीहरुलाई पनि मौका दिदै अनुभव ल्याउन चाहन्छु,” माउरिन्होले भने ।

१९९४ पछि पहिलो पटक युरोपियन प्रतियोगिता खेलिरहेको एन्टवर्पले इजरायली फर्वार्ड लियोर रेफेलोभको गोलमा आधा घण्टा अगाडी नै अग्रता लिएको थियो । पहिलो खेलमा लुडोगोरेट्सलाई पराजित गरेको एन्टवर्प अहिले आफ्नो समुहको शिर्ष स्थानमा उक्लिएको छ ।

आफ्नो आकर्षक फर्मलाई कायमै राख्ने क्रममा एसि मिलानले स्पार्टालाई ३–० ले हरायो । खेलमा ज्लाटन इब्राहिमोचिले पेनाल्टी पनि मिस गरेका थिए । मिलानको जितमा ब्राहिम डियाज, रफाएल लेओ र डिएगो डोलोटले गोल गरेका थिए ।

मिलान सबै प्रतियोगिता गरेर २३ खेलमा अपराजित गरहेको छ । आर्सनलले भने एमिरेट्स स्टेडियममा डुन्डल्कलाई ३–० गोल अन्तरले नै पराजित गर्यो । ४१ औ मिनेटसम्म आर्सनललाई रोक्न सकेपनि आइरिस क्लब डुन्डल्क एडि एनकेटियाह र जो विलोकले गोल गरेपछि पहिलो हाफमा दुई गोलले पछि परेको थियो ।

दोश्रो हाफमा निकोलस पेपेले गोल गरेका थिए । अर्को खेलमा नापोलीले ला लिगाको अग्रस्थानमा रहेको टोली रियल सोसिडाडलाई १–० ले हरायो भने लेस्टर सिटीले एइके एथेन्सलाई २–१ ले पराजित गर्यो ।

Click to comment

Trending