IPL

चेन्नाईसँग पराजित हुँदा कोलकाताको प्ले अफ यात्रामा गणितीय सम्भावना बाँकी

Published

on

रुतुराज गायकवाडले अर्धशतक प्रहार गरे पछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४९ औं खेलमा कोलकाता नाइट राईडर्स चेन्नाई सुपर किंग्ससँग छ विकेटले पराजित भएको छ ।

प्ले अफबाट बाहिरी सकेको चेन्नाईसँग पराजित भए पछि कोलकाताको प्ले अफ सम्भावना न्यून भएको । कोलकाताले प्ले अफमा स्थान बनाउन आफ्नो अन्तिम खेल जितेर मात्र पुग्दैन अन्य टोलीको नतिजामा पनि निर्भर रहने छ ।

जितका लागि १७३ रनको लक्ष्य लिएर क्रिजमा आएको चेन्नाईले अन्तिम बलमा चार विकेट गुमाएर खेल आफ्नो पक्ष्यमा पार्यो ।

चेन्नाईको जितमा ओपनर रुतुराज गायकवाडले सर्वाधिक ७२ रन बनाए । ५३ बलको सामना गरेका उनले छ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै अम्बाती रायुडूले २० बलमा ३८ रनको योगदान दिए भने रविन्द्र जडेजाले पनि ११ बलमा दुई चौका र तीन छक्का सहित अविजित ३१ रनको पारी खेले ।

यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १७२ रन बनायो ।

कोलकाताको लागि नितिश रानाले सर्वाधिक ८७ रन बनाए । ओपनिङमा ब्याटिङ गर्न आएका उनले ६१ बलको सामना गर्दै १० चौका र चार छक्का प्रहार गरे ।

राना बाहेक अर्का ओपनर शुबमन गिल २६, सुनिल नारायण सात तथा रिंकु सिंह ११, कप्तान ओइन मोर्गन १५ रन बनाएर पेभेलियन फर्किए भने दिनेश कार्तिकले १० बलमा अविजित २१ रनको योगदान दिए ।

चेन्नाईका लुङ्गी एनगिदीले सर्वाधिक दुई विकेट हात पारे ।

Click to comment

Trending