IPL

नितिश रानाको अर्धशतकमा चेन्नाईलाई १७३ रनको लक्ष्य

Published

on

नितिश रानाले अर्धशतक प्रहार गरेसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४९ औं खेलमा कोलकाता नाइट राईडर्सले चेन्नाई सुपर किंग्सलाई १७३ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १७२ रन बनायो ।

कोलकाताको लागि नितिश रानाले सर्वाधिक ८७ रन बनाए । ओपनिङमा ब्याटिङ गर्न आएका उनले ६१ बलको सामना गर्दै १० चौका र चार छक्का प्रहार गरे ।

राना बाहेक अर्का ओपनर शुबमन गिल २६, सुनिल नारायण सात तथा रिंकु सिंह ११, कप्तान ओइन मोर्गन १५ रन बनाएर पेभेलियन फर्किए भने दिनेश कार्तिकले १० बलमा अविजित २१ रनको योगदान दिए ।

चेन्नाईका लुङ्गी एनगिदीले सर्वाधिक दुई विकेट हात पारे ।

आजको खेलमा चेन्नाईले तीन परिवर्तन गरेको छ भने कोलकाताले एक मात्र परिवर्तन गरेको छ । चेन्नाईले फाफ डु प्लेसिस, इमरान ताहिर र मोनु कुमारको स्थानमा कर्ण शर्मा, लुङ्गी एनगिदी र शेन वाटशनलाई सुरुवात ११ मा राखेको छ ।

त्यस्तै रिंकु सिंहले टोलीमा स्थान बनाउँदा प्रशिद कृष्णा टोली बाहिर रहेका छन् । कोलकाताका आन्द्रे रशेल चोटका कारण आजको खेलमा पनि खेल्न नसक्ने भएका छन् ।

कोलकाता १२ अंक सहित अंक तालिकाको पाँचौं स्थानमा छ भने चेन्नाई आठ अंक सहित तालिकाको आठौँ स्थानमा रहेको छ । चेन्नाईको प्ले अफ पुग्ने आशा समाप्त भइसकेको छ भने प्ले अफको सम्भावना जीवित राख्न कोलकातालाई आजको खेल जित्नै पर्ने हुन्छ ।

Click to comment

Trending