IPL

चेन्नाईले टस जितेर कोलकातालाई ब्याटिङ गर्न लगायो 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४९ औं खेलमा कोलकाता नाइट राईडर्सले चेन्नाई सुपर किंग्स विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा चेन्नाई टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

आजको खेलमा चेन्नाईले तीन परिवर्तन गरेको छ भने कोलकाताले एक मात्र परिवर्तन गरेको छ । चेन्नाईले फाफ डु प्लेसिस, इमरान ताहिर र मोनु कुमारको स्थानमा कर्ण शर्मा, लुङ्गी एनगिदी र शेन वाटशनलाई सुरुवात ११ मा राखेको छ ।

त्यस्तै रिंकु सिंहले टोलीमा स्थान बनाउँदा प्रशिद कृष्णा टोली बाहिर रहेका छन् । कोलकाताका आन्द्रे रशेल चोटका कारण आजको खेलमा पनि खेल्न नसक्ने भएका छन् ।

कोलकाता १२ अंक सहित अंक तालिकाको पाँचौं स्थानमा छ भने चेन्नाई आठ अंक सहित  तालिकाको आठौँ स्थानमा रहेको छ । चेन्नाईको प्ले अफ पुग्ने आशा समाप्त भइसकेको छ भने प्ले अफको सम्भावना जीवित राख्न कोलकातालाई आजको खेल जित्नै पर्ने हुन्छ ।

Click to comment

Trending